गाउँमै रोजगार बैंक : दुई सय ६० जनालाई रोजगारी

 फागुन २४, २०७५ शुक्रबार ७:२०:४३ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट – रास्कोट नगरपालिकाले श्रम रोजगार बैंकको औपचारिक रुपमा सोमबार उद्घाटन गरेको छ । नगरपालिकामा आयोजित एक कार्यक्रमका श्रम रोजगार बैंकको औपचारिक रुपमा घोषणा गरिएको हो । नगरले आफ्नो क्षेत्रको विकासका लागि बेरोजगार युवाहरुलाई रोजगार दिन श्रम रोजगार बैंकको स्थापना गरेको हो । 

दुई सय ६० जनालाई सोमबारदेखि नै औपारिक रुपमा श्रममा लगाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो । स्थानीय तहको निर्वाचन भएको झण्डै दुई वर्ष पुग्नै लाग्दा नगरपालिकाले बेरोजगार युवाहरुलाई विदेशीनबाट रोक्न श्रम बैंकको स्थापना गरेको नगरप्रमुख काशीचन्द्र बरालले बताउनुभयो ।

धेरै जसो युवाहरु भारतसँगै खाडी मुलुकमा जाने क्रम बढ्दै गैरहेको र नेपालको श्रम शक्ति विदेश जाँदा नेपालको विकाशमा नकारत्मक असर पर्दै गैरहेकाले श्रम बैंकको स्थापना गरी युवाहरुलाई स्थानीय ठाउँमा नै श्रम गराउन यो निर्णग गरिएको बरालले बताउनुभयो । 

उहाँले भन्नुभयो ‘सुरुमा दुई सय ६० जनाको समूह बनाएका छौँ, बिस्तारै सख्या बृद्धी गर्दै दुई हजार बनाउने लक्ष्य छ । श्रम रोजगार बैंकमार्फत नगरका दुई सय जनाले चालु आर्थिक वर्षवाट रोजगारी पाएका छन् । युवाहरुको समूहले जहाँ काम छ, त्यहाँ गएर काम गर्छन् । 

श्रम बैंकमा संलग्न भएका युवाहरु ५० वर्ष पुगेपछि पेन्सनसहित अवकास गर्ने कार्यविधिमा उल्लेख गरिएको नगर प्रमुख बरालले बताउनुभयो । श्रम रोजगार बैंकमा महिलाहरुको पनि सहभागिता रहेको छ । आयश्रोतमा निकै कमजोर मानियका घर परिवारका सदस्यले श्रम रोजगार बैंकमा सहभागिता जनाएका छन् ।

यस्तै दश वर्षे जनयुद्ध र २०६२, ०६३ को जनआन्दोलनका बेला ज्यान गुमाएका, घाइते तथा अपांग भएका तथा बेपत्ता पारिएका परिवारका सदस्यसमेत श्रम रोजगार बैंकमा समावेश गरिएको छ । सबै सदस्यहरुको एकल  कमाण्ड गर्ने कमाण्डर पद्मबहादुर खड्कालाई जिम्मेवारी दिएको छ । यस्तै सहकमाण्डरका रुपमा नरध्वज खड्का र अरुण शाहीलाई चयन गरिएको छ । 

श्रम रोजगार बैंकमा भाग लिने युवा तथा युवतीको छनोट प्रत्येक वडाका अध्यक्षले गरेका छन् । जनसंख्याको आधारमा कुन वडाले कतिजना छनोट गर्न पाउने भनेर कार्य विधिमा उल्लेख गरिएकाले विना विवाद छनोट प्रक्रिया सकिएको हो ।  धेरै जनसंख्या भएका वडाले ३२  जनासम्म छनोट गरेका छन् । नगरका वडा नं १ देखि ९ सम्म बढीमा ३२ र कम्तीमा २१ जना युवाहरुको छनोट गरेर श्रम रोजगार बैंकमा समावेश गरिएको छ । घ

श्रम रोजगार बैंकमा भाग लिने युवाहरुको उमेर हदबन्दी पनि तोकिएको छ । १८ वर्ष पुगेका र ४० वर्ष ननाघेकालाई श्रम रोजगार बैंकमा रोजगारी दिने कार्यविधिमा उल्लेख छ । उनीहरुले नगरका विभिन्न विकासे काममा भाग लिने छन् । यस अघि पलाँता गाउँपालिकाले १ सय ५० जना युवालाई पलाँता विकास निर्माण कार्यदल गठन गरी विकास निर्माण कार्यमा लगाएको छ । 
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया