साउदी अरेबियाले २०३४ को विश्वकप फुटबलको तयारी थाल्यो
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डाै – देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तापक्रम बढ्ने र घट्ने बेला विकसित हुने न्यूनचापीय रेखा पश्चिमबाट पूर्वतिर सर्दै गएकाले पुर्वी तराईमा चट्याङ परिरहेको र असिना पानी पनि पर्न सक्ने महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । चट्याङका साथै हावाहुरी पनि आउन सक्ने भएकाले सतर्क रहन उहाँले आग्रह गर्नुभयो ।
पूर्व र मध्यका केही ठाउँ र पश्चिम पहाडका थोरै ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदको भनाइ छ ।
काठमाण्डाै उपत्यकासहितका क्षेत्रमा बिहानैदेखि मौसम बदली भएको छ र दिनभरको अवस्था लगभग यस्तै रहने जनाइएको छ । हल्का पानी पर्ने सम्भावना पनि छ ।
भारतको बिहार र छत्तिसगढको मौसममा बनेको न्यूनचापीय रेखाको प्रभावस्वरुप नेपालका पूर्व र मध्य क्षेत्रको मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।