बहुचर्चित र बहुप्रतिष्ठित नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि, क्...
मंसिर १५, २०८१ शनिबार
काठमाडौं – मलेसिया सरकारले आफ्नो देशमा अवैधानिक रुपमा बसिरहेका कामदारलाई पक्रिने भएको छ ।
वैधानिक हुन वा घर फर्किन दिएको समय शनिबार सकिएपछि उनीहरुलाई पक्रिन आइतबारदेखि अभियान नै चलाउने भएको हो । पक्राउ गरेर वैधानिक हुने र घर फर्किने योजनामा सामेल नहुने कामदारसँगै उनीहरुका रोजगारदातालाई पनि कारवाही गरिने मलेसिया सरकारले यसअघि नै घोषणा गरिसकेको छ ।
उनीहरु दोषी पाइएमा ५० हजार रिंगिट जरिवार र ५ वर्षसम्मको जेल वा दुवै सजाय हुन सक्ने मलेसियाका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । मलेसियाले अवैधानिक रुपमा बसिरहेका कामदारलाई आगामी अगस्टसम्ममा फर्किसक्न समय तोकेकाले नेपाली दूतावासले पनि गैरकानुनी नेपालीहरुलाई यही समयभित्र स्वदेश फिर्न आग्रह गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।