एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
कालिकोट- कालिकाेटको पलाँता गाउँपालिकामा भोकमरीविरुद्ध खाद्य कचहरी सञ्चालन गरिएको छ । भोकमरीको चर्को मार खेप्दै आएको पलाँतामा पहिलो पटक खाद्य कचहरी गरिएको हो ।
पलाँता-२, को राडेनेटामा सञ्चालन गरिएको खाद्य कचहरीमा स्थानीय जनप्रतिनिधि, शिक्षक, बाल क्लब, युवा कलब, महिला तथा बालबालिकाको सहभागिता रहेको थियो । खाद्य कचहरीमा खाद्य असुरक्षा बढ्दै गएकाले खाद्य सुरक्षाका लागि सात बुँदे खाद्य सुरक्षा प्रतिबद्धतासहित वडास्तरीय खाद्य सुरक्षा समिति गठन गरिएको पलाँता गाउँपालिका-२ का साउनी विकले बताउनुभयाे ।
के-के हुन् खाद्य असुरक्षाका कारण ?
भौगोलिक विकटता, सिँचाइको अभाव, खानेपानीको अभाव, खेती योग्य जमिनको कमी, परम्परागत खेती प्रणाली, उन्नत बीउबिजनको अभाव नै खाद्य असुरक्षाको कारण हो । भिरालो जग्गा जमिन, अधिकांश समुदायको बजारमा पहुँच नहुनु, बेरोजगारी, मौसमी बसाइँसराइँ, खानपिनमा आएको क्रमिक परिवर्तन (रोटी भन्दा बढी भात मनपराउनु) स्थानीय उत्पादनको उपयोगमा कमीलगायतका कारण खाद्य असुरक्षा बढेको हो ।
खाद्य असुरक्षाले महिला बालबालिका र किशोरीहरुको स्वास्थ्य शिक्षामा प्रत्यक्ष असर परेको पलाँताका स्वास्थ्य संयोजक हिमाल सञ्यालले बताउनुभयो । खाद्य असुरक्षा न्यूनिकरण गर्न स्थानीयले सामूहिक छलफल गरी सात बुँदे कार्य योजना निर्माण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
के-के छन् स्थानीयको प्रतिबद्धता पत्रमा ?
१.खाद्य सुरक्षालाई प्रभावकारी बनाउन स्थानीय स्तरमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने र पानीका मुहानहरुको संरक्षण गर्न वृक्षारोपण, सामुदायिक वन घेरबार गरी यसबाट कृषि उत्पादनमा बढीभन्दा बढी लाभ लिने नीति अवलम्बन गर्ने ।
२.खाद्यान्न अभावको कारणले गर्दा बालबालिका, किशोरी र महिलाहरुमा परेको प्रभाव न्युुनिकरण गर्न महिलाहरुको आय आर्जनमा टेवा पुग्ने गरी फलफूल तथा नगदेबालीमा संलग्न गराउन वडा स्तरमा योजना तर्जुमा गर्ने ।
३.शिक्षाको अवसरबाट बञ्चित किशोरीहरुलाई विद्यालय पठाउनका लागि उनीहरुका आमाहरुलाई आय आर्जनका क्रियाकलापमा सहभागी गराउन सहयोग गर्ने, गराउने ।
४. बहिष्करमा परेका वा पारिएका किशोरी, महिलालगायत अन्य व्यक्तिहरुलाई वडामा गरिने सम्पूर्ण कार्यक्रममा अर्थपूर्ण सहभागिताको लागि सुनिश्चित गर्ने/गराउने ।
५.स्थानीय रुपमा नै खाद्य सुरक्षा सम्बन्धी असल अभ्यासलाई संरक्षण गर्न प्रोत्साहित गर्ने र आकाशे पानी संकलन, उन्नत बीउबिजन, आधुनिक कृषि प्रणलीमा जोड दिने ।
६. प्रत्येक वडाले टोलमा कम्तीमा नौ वटा खाद्य कचहरी वार्षिक रुपमा सञ्चालन गर्ने ।
७. पलाँताका सबै वडामा टोलका प्रत्येक घर परिवार जम्मा गरी खाद्य कचहरीमा भएका प्रतिबद्धताहरु आदान प्रदान गर्ने र टोलमा समेत खाद्य कचहरी सञ्चालन गर्ने/गराउने ।
सात बुँदे प्रतिबद्धता कार्यान्वयन भए नभएको अनुगमन गर्न यमप्रसाद न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समिति गठन भएको छ । डेनिस रेडियोको आर्थिक सहयोग, मिसनइस्टको प्राविधिक सहयोग र किर्डाक नेपालको सहजीहरणमा खाद्य कचहरी सञ्चालन गरिएको परियोजना संयोजक मनलाल जैसीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।