बाख्राको मासु खाँदा एकै गाउँका १५ जना बिरामी

 वैशाख २२, २०७६ आइतबार ९:२५:२१ | विमल बिष्ट
unn.prixa.net

डोटी - डाेटीकाे आदर्श गाउँपालिका १ मा बाख्राको मासु खाँदा भेलगडाका १५ जना बिरामी परेका छन् । सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेका अनुसार, शनिबार बाख्राको मासु खाँदा २ वर्षदेखि ४० वर्ष उमेरसम्मका मानिसहरु बिरामी परेका हुन् । 

बाख्राको मासु खाएर बिरामी परेकामध्ये १२ जनाको दिपायलको शैलेश्वरी अस्पताल र बाँकी तीन जनाको स्थानीय मौवा स्वास्थ्य चौकीमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले बताउनुभयो । 

इलाका प्रहरी कार्यालयका अनुसार, बाख्राको मासु खाएर गम्भीर बिरामी पर्नेहरुमा आर्दश गाउँपालिका १ की नौ वर्षीया सरस्वती खड्का, २९ वर्षीय प्रेम खड्का, ३८ वर्षीय पदम खड्का, २६ वर्षीय नारायण खड्का, १३ वर्षीया पार्वती खड्का, ११ वर्षीया कल्पना खड्का, २७ वर्षीया ईस्सरादेवी खड्का र तीन वर्षीया उर्मिला खड्का रहेका छन् । 

त्यसैगरी दुई वर्षीया एलिसा खड्का, आठ वर्षीय रोशन खड्का, ४० वर्षीया शान्तिदेवी खड्का, सात वर्षीय रोहन खड्का, ३२ वर्षीया मानी खड्का, १३ वर्षीय नारद खड्का र १२ वर्षीया अनिशा खड्का रहेका छन् । बाख्राकाे मासु नपकाई खाएका कारण उनीहरु बिरामी परेको हुन सक्ने स्थानीयले बताएका छन् । 

शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका चिकित्सक तथा निर्देशक आईजंङ्ग कुँवरले मासु खाएर बिरामी परेकाहरुमध्ये केहीको अवस्था गम्भीर रहेको र केहीकाे क्रमिकरुपमा सुधार भैरहेको जानकारी दिनुभयो । ‘स्थानीयले खाएको बाख्राको मासुमा केही न केही रोग हुनुपर्छ, अहिले केहीको अवस्था सुधार भएको छ भने साना केटाकेटीलाई भने अहिले पनि समस्या नै छ,’ उहाँले भन्नुभयो ।  

बाख्राको मासु खाँदा गाउँले बिरामी परेकाे बारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । 
 

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया