नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
बर्दिया - बर्दियाको ठाकुरबाबा नगरपालिका २ बलाती गाउँमा बन्चरो प्रहार गरी आफ्नै बुवाको हत्या गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ परेका विष्णु भनिने ४१ वर्षीय दोर्णरत्न पोख्रेलले बन्चरो प्रहार गरी ७४ वर्षीय बुवा रत्नलाल शर्मा पोख्रेलको हत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
भुरिगाउँ बजारमा बस्ने मृतकका बुहारीले फोन गर्दा ससुराले मोबाइल फोन नउठाएपछि शुक्रबार दिउँसो घरमै गएर हेर्दा कोठाभित्र रगत मात्रै देखेपछि प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।
खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय भुरिगाउँको प्रहरी टोली घटनास्थलमा पुगेपछि घरभित्र रगत र घर नजिकै करेसाबारीमा शंकास्पद अवस्थामा खाल्डो खनी गाडिएको देखेपछी जिल्लामा खबर गरिएको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले बताउनुभयो ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुलरियाबाट आएको टोलीले घटनास्थलमा पुगी शंकास्पद अवस्थामा गाडिएको ठाउँ उत्खनन गर्दा मृतकको टाउको र शरीर अलग गरी एकै ठाउँमा गाडिएको अवस्थामा फेला परेको बर्दियाका डिएसपी मदन महराले जानकारी दिनुभयो ।
उत्खनन गर्दा शवको शरीर र टाउको अलग रहेको प्रहरीले जनाएको छ । घरमा बावु छोरामात्र भएको अवस्थामा जेठ १ गते राति हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । हत्या अभियोगमा मृतकका ६ छोरा मध्ये साइला छोरा दोर्णरत्नलाई इलाका प्रहरी कार्यालय भुरिगाउँले पक्राउ गरेको जनाएको छ ।
मृतककी श्रीमती जेठो छोराको घर सुर्खेत गएको र घरमा अरु कोही नभएको अवस्थामा कोठाभित्रै बन्चरो प्रहार गरी हत्या गरेर करेसाबारीमा गाडेको हुनसक्ने प्रहरीले जनाएको छ ।
आफ्नै बावुको हत्या अभियोगमा पक्राउ परेका छोरा पाेख्रेल केही महिनादेखि गाँजा खाएर भुरिगाउँ बजार क्षेत्रमा डुलिरहने गरेको दाजु बासुदेव पोख्रेलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।