वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाका परिवारलाई ३ करोड ५४ लाख क्षतिपूर्ति

 असार २०, २०७५ बुधबार १८:४०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा ज्यान गुमाएका खोटाङका २७ जनाका परिवारलाई राहत वितरण गरिएको छ । 

मृतक परिवारललाई बीमा कम्पनी र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट ३ करोड ५४ लाख २० हजार रुपैयाँ वितरण गरिएको हो । २०७४ साल साउन १ गतेदेखि हालसम्म खाडीका देश र  मलेसिया पुगेका २७ जनाको ज्यान गएको सुरक्षित आप्रवासन परियोजना (सामी)ले जनाएको छ । 

दूतावास, परराष्ट्र मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आएको बीमा बापतको रकम सामीको सहजीकरणमा मृतक परिवारले पाएका हुन् । मृतकका परिवारले प्रतिपरिवार कम्तीमा ८ लाखदेखि २१ लाखसम्म क्षतिपूर्ति पाएका सुरक्षित आप्रवासन परियोजना (सामी) खोटाङका संयोजक भक्त राईले बताउनुभयो । 

यस्तै, वैदेशिक रोजगारीका ठगिएका ७४ जनाले ३२ लाख ३१ हजार ५ सय क्षतिपूति पाएको सामीले जनाएको छ । १६ जुलाई २०१७ देखि १ जुलाई २०१८ सम्मको अवधिमा सुरक्षित आप्रवासन परियोजनाले जिल्लामा सञ्चालन गरेको क्रियाकलापका बिषयमा जानकारी दिन मंगलबार दिक्तेलमा आयोजना गरिएको छलफलमा सन् २०१४ जुलाईदेखि २०१८ जुलाईसम्मको अवधिमा विदेशमा गएकामध्ये ठगीमा परेका कामदारले एजेन्ट र म्यानपावरबाट  कम्तीमा २० हजारदेखि ७० हजार रुपैयाँसम्म क्षतीपुर्ती लिएका छन् । 

चार वर्षमा विभिन्न देशमा अलपत्र परेका ८८ जनाको उद्धार गरिएको र एजेन्ट तथा म्यानपावरले फिर्ता नगरेको २८ जनाको पासपोर्ट फिर्ता गरिएको संयोजक राईले बताउनुभयो ।

यस अवधिमा वैदेशिक रोजगारीका कारण मानसिक समस्यामा परेका ३ सय ४८ जनालाई व्यक्तीगत र एक हजार १४ जनालाई समुह परामर्श सेवा दिएको, वैदेशिक रोजगारका कारण निम्तिएको मानसिक समस्यामा परेका ३१ जनालाई आकस्मिक कोषबाट उपचारमा सहयोग गरिएको, रेमिट्यान्सको सदुपयोगका लागि ८ सय ८३ जनालाई वित्तीय साक्षरता शिक्षा दिइएको जानकारी दिइएको छ ।

यस्तै, राहदानी बनाएका २२ हजार ८ सय ४८ जनालाई वैदेशिक रोजगारीका विषयमा सूचना तथा परामर्श प्रदान गरिएको संयोजक राईले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया