नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
आईसीसी विश्वकप क्रिकेट २०१९ अन्तर्गत भारतसँग पराजित भएपछि पाकिस्तानी खेलाडीहरु आफ्नै देशमा आलोचनाको शिकार भैरहेका छन् ।
तर सबैभन्दा धेरै आलोचना शोएब मलिकको भैरहेको छ । उनी खेलको पहिलो बलमा नै आउट भएका थिए । हार्दिक पाण्ड्याको बलमा उनी बोल्ड आउट भए ।
पाकिस्तानमा सामाजिक सञ्जाल ट्विटरमा शोएब मलिकलाई ट्रेण्ड गरिएको छ । कसैले उनलाई भारतीय भनेका छन् भने कसैले दोहोरो शतक बनाउनबाट दुई सय रनले चुकेको बताइरहेका छन् ।
ट्विटरमा एउटा भिडियो भाइरल भैरहेको छ । जसमा पत्नी सानिया मिर्जासँगै शोएब मलिकलाई पनि देख्न सकिन्छ । भिडियोमा टेबलमा बोत्तल देख्न सकिन्छ र एक व्यक्ति हुक्का तानिरहेका छन् । रिसले चुर भएका एक पाकिस्तानी प्रशंसकले लेखेका छन्, ‘भारतसँगको खेल अघि कडा मेहनत गर्दै शोएब मलिक ।’
— Abdul QaDeer (@abdul099) June 16, 2019
पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका शोएब मलिकको यो नै अन्तिम अन्तर्राष्ट्रिय खेल भएको चर्चा पनि सुरु हुन थालेको छ ।
आईसीसी विश्व कप २०१९ मा शोएब मलिकले तीन खेल खेलिसकेका छन्, जसमा उनको प्रदर्शन सम्झनलायक छैन । उनले इंग्ल्याण्डविरुद्ध आठ, अष्ट्रेलियाविरुद्ध शून्य र भारतविरुद्ध पनि शून्य रन बनाए । यद्दपि शोएब मलिकले विश्व कपपछि एकदिवसीय अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने घोषणा गरिसकेका छन् ।
भारतविरुद्धको खेलमा पाकिस्तानी प्रशंसकहरुले नै पाकिस्तान टिमको खुलेर मजाक उडाइरहेका छन् ।
पाकिस्तानी पत्रकार रेहान-उल-हक ट्विटरमा लेख्छन्, ‘कोहलीले एकदिवसीय क्रिकेटमा ४१ शतक बनाएका छन्, जब कि पूरै पाकिस्तानको ४१ शतक छ । म जान्छु कि पाकिस्तान टिमका लागि यो मुश्किल छ तर भारतीय टिम नै श्रेष्ठ छ ।’
— Rehan Ulhaq (@Rehan_ulhaq) June 16, 2019
भारतसँगको खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने पाकिस्तानी कप्तान सरफराज अहमदको फैसललाई लिएर पनि धेरैले सवाल उठाइरहेका छन् ।
पूर्व पाकिस्तानी खेलाडी शोएब अख्तरले भनेका छन्, ‘यस्तो ब्रेनलेस कप्तान कोही कसरी हुनसक्छ ? पाकिस्तानको ब्याटिङ कमजोर छ भन्ने कुरा सरफराजलाई थाहा हुनुपर्ने हो ।’
‘बाबर आजम म कोहलीको प्रशंसक हुँ भन्छन् तर कोहलीबाट केही पनि सिक्दैनन् । इमामसँग पनि कुनै कला छैन । पाकिस्तानी टिमको कप्तान व्यवस्थापनको अघि कार्टुनजस्तै छन्,’ शोएब अख्तरले भने ।
उता पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान वसीम अकरमले पनि बर्सेनि भारतको खेल सुधारिँदै गएको र पाकिस्तानको खेल भने खस्कँदो अवस्थामा रहेको बताए । ‘भारतले आफ्नो प्रथम श्रेणीको क्रिकेटमा राम्रो लगानी गरेको छ । पाकिस्तानी प्रथम श्रेणीको क्रिकेट केही जान्ने मान्ने पत्रकारहरुले चलाइरहेका छन् ।’
— Rehan Ulhaq (@Rehan_ulhaq) June 16, 2019
भारतसँगको हारपछि पाकिस्तानी क्रिकेट टिमको भविष्यलाई लिएर पनि बहस हुन थालेको छ । धेरैले यही अवस्था रहे पाकिस्तानको घरेलु क्रिकेट नै समाप्त हुने बताइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।