नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
बर्दिया - दाङको घोराहीमा रहेको घोराही सिमेन्ट उद्योगबाट उत्पादित सगरमाथा ब्राण्डका सिमेन्ट उद्योगीलाई जिल्ला प्रशासन कार्यालय बर्दियाले ७ लाख रुपैँया जरिवाना गराएको छ ।
घोराहीबाट उत्पादित सगरमाथा ब्राण्डको ओपिसी सिमेन्टका सञ्चालक, निर्देशक र व्यवस्थापकलाई कालोबजारी ऐन अन्तर्गत ७ लाख रुपैँया जरिवाना तिराइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिनुभयो ।
उद्योगका सञ्चालक पुरुषोत्तम संघाईलाई ३ लाख रुपैँया, निर्देशक संजय वंशल र व्यवस्थापक आदित्य संघाईलाई जनही २-२ लाख रुपैँया जरिवाना तिराइएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताउनुभयो । झण्डै ७ महिनाअघि जिल्ला प्रशासन कार्यालय बर्दियाले उद्योगका सञ्चालकलाई २३ लाख रुपैँया धरौटी लिएर तारेखमा छाडेको थियो ।
नेपाल गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर नभएको प्रमाणित भएको प्रतिवेदनको आधारमा कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले बताउनुभयो । उनीहरु विरुद्ध कालोबजार तथा सामाजिक अपराध ऐन अन्तर्गत जरिवाना लिएर छाडिएको उहाँले बताउनुभयो ।
बर्दियामा सगरमाथा सिमेन्ट प्रयोगका क्रममा कमसल भएको उजुरी परेपछिको परिक्षणबाट ओपीसीमा म्याग्नेसिया तत्व बढी देखिएपछि त्यहाँको प्रशासनले दाङ प्रशासनलाई सिमेन्ट उत्पादन र बिक्री वितरण रोक्न पत्राचारसमेत गरेको थियो ।
बजार अनुगमनका क्रममा सगरमाथा सिमेन्टमा शंका लागेपछि नमुना सङ्कलन गरी गुणस्तर तथा नापतौल विभागमा पठाइएको थियो । सगरमाथा नामको सिमेन्टमा ल्याब रिपाेर्ट अनुसार विभागबाट गुणस्तर नभएको प्रतिवेदन आएपछि कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन २०३२ अन्तर्गत जरिवाना गराएका हौँ प्रजिअ कुरुम्बाङले भन्नुभयो ।
प्रशासनले गरेको जरिवाना सगरमाथा सिमेन्टका उद्योगीले तिरेकोसमेत उहाँले बताउनुभयो ।
नेपाल गुणस्तर तथा नापतौल विभागमा परीक्षण गर्दा म्यानिसिया (खरानी) बढीमा ५ प्रतिशत हुनु पर्नेमा ६ दशमलव ५ प्रतिशत बढी भएको जनाइएको छ । सगरमाथा सिमेन्टको गुणस्तर राम्रो नदेखिएपछि झण्डै १० महिनाअघि बर्दियाका विकास आयोजना लगायत सरकारी कार्यालयमा सगरमाथा ओपीसी सिमेन्ट प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले सूचना जारी गरेको थियो ।
प्रजिअ कुरुम्बाङ्गले बर्दिया आएको झण्डै एक वर्षको अवधिमा बजार अनुगमनलाई तीव्रता दिएर म्याद गुज्रिएका सामान बिक्री गर्ने माथि कारबाही गरी म्याद गुज्रिएका सामान बिक्री नियन्त्रण भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।