नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
आईसीसी विश्वकपमा आयोजक इंग्ल्याण्डले दोस्रो पराजय भोगेको छ । शुक्रबार भएको खेलमा श्रीलंकाले इंग्ल्याडलाई २० रनले हरायो ।
लसिथ मालिंगाले चार तथा धनञ्जय सिल्भाले तीन विकेट लिएपछि श्रीलंकाले २३२ रनको योगफल रक्षा गर्न सफल भयो । २३३ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डलाई श्रीलंकाले ४७ ओभरमा २१२ रनमा अलआउट गर्यो ।
इंग्ल्याण्डलाई हराउनका लागि इशुरु उडानाले पनि दुई विकेट लिए । ब्याटिङतर्फ इंग्ल्याण्डका बेन स्टोक्सले अविजित ८२ रनको योगदान दिए । यस्तै जो रुटले ५७ रन बनाएका थिए । अन्य ब्याट्म्यानको प्रदर्शन खराब रह्यो ।
यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले ५० ओभरमा नौ विकेट गुमाउँदै २३२ रन बनाएको थियो । श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले अविजित ८५ रनको योगदान दिए भने अविस्का फर्नाण्डोले ४९, कुशल मेन्डिसले ४६ र धनन्जया डि सिल्भाले २९ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
बलिङमा जोफ्रा आर्चर र मार्क उडले तीन–तीन विकेट लिए भने आदिल रसिदले दुई विकेट हात पारे ।
जितसँगै श्रीलंका ६ अंक बनाउँदै पाचौं स्थानमा मात्र उक्लिएन, सेमिफाइनलमा पुग्ने सम्भावना पनि कायम राख्न सफल भएको छ । ६ खेलबाट इंग्ल्याण्ड आठ अंकसहित तेस्रो स्थानमा छ । उसले शीर्ष स्थानमा पुग्ने सम्भावना गुमाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।