यू–१९ एशिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
डोटी - दिपायल सिलगढी नगरपालिका-१ की कलावती (नाम परिवर्तन) २७ वर्षकी हुनुभयो । उहाँका दुई छोरा र एक छोरी छन् । सन्तानको रहर पुगेकी कलावती अनपेक्षित गर्भ बसेपछि स्थानीय मेडिकलमा पुगेर गर्भपतनको औषधि खानुभयाे ।
औषधि खाँदा पनि सञ्चो नभएपछि उपचारका लागि उहाँ डडेल्धुरा उप क्षेत्रीय अस्पातलमा गएर जाँच गराउँदा पूर्णरुपमा गर्भपतन नभइसकेका कारण त्यस्तो समस्या भएको डाक्टर थाहा पाउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले खाएको औषधिले गर्भ पूरा गएनछ, त्यहाँ गएर तल्लो पेट सफा गरेपछि सञ्चो भयाे ।’
सुरक्षित गर्भपतनका विषयमा रेडियोमा पनि सुनेकाे र त्यही कुरा महिला स्वास्थ्य स्वयंसेविकाले पनि भनेपछि डडेल्धुरा गएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आजकाल त म मेरा छरछिमेकाका दिदी बहिनीहरुलाई अस्थायी साधन प्रयोग गर्न र आवश्यक परे सूचीकृत स्वास्थ्य संस्थामा गएर मात्र गर्भपतन गराउन सल्लाह दिन्छु ।’
डोटी जिल्लाका १७ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भवतन सेवा प्रदान हुँदै आएको छ । सुरक्षित गर्भवतन सेवाको प्रभावकारी बनाउन आईपास नेपालको सहयोगमा सामुदायिक विकास मञ्च (सीडीएफ) नेपालले सेवा परियोजना सञ्चालन गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।