एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – चार वर्षअघि वैशाख १२ गते आएको भूकम्पमा परेर आठ हजारभन्दा बढीले ज्यान गुमाए । कैंयौ मानिस घाइते भए, भौतिक संरचना ध्वस्त भए र त्यति नै मात्रामा सांस्कृतिक सम्पदामाथि क्षति पुग्यो ।
त्यस्तै विनाशकारी भूकम्पका कारण ललितपुरको पाटन दरबार क्षेत्रमा रहेका अधिकांश सांस्कृतिक र पुरातात्विक सम्पदा भत्किए । भूकम्पले गर्दा पाटन दरबार क्षेत्रका हरिशंकर मन्दिर, चार नारायण मन्दिर, तलेजु मन्दिर, विश्वनाथ मन्दिर, कृष्ण मन्दिर र भीमसेन मन्दिर नराम्रोसँग क्षतिग्रस्त हुन पुगे ।
भूकम्पपछि विभिन्न दाताहरुको सहयोगमा भत्केका अधिकांश मन्दिर तथा पाटीहरुको पुनर्निर्माणको काम भैरहेको र केही समयभित्रै पुनर्निर्माण सम्पन्न हुने अवस्थामा पुगेका छन् । त्यसैगरी क्षतिग्रस्त भएका विश्वनाथ मन्दिर र कृष्ण मन्दिरको मर्मत कार्य सम्पन्न भैसकेको छ ।
ऐतिहासिक र पुरातात्विक महत्व बोकेको तथा नेवारी समुदायको प्रमुख र व्यवसायका देवता मानिने भीमसेन मन्दिरको पुनर्निर्माणले पनि निरन्तरता पाउने भएको छ । तर भीमसेन मन्दिरले पनि अब सरकारको मुख नताकिकन स्थानीय दाताहरुकै सहयोगमा पुनर्निर्माणले गति लिने भएको छ । यसका लागि ललितपुर उद्योग वाणिज्य संघको अगुवाइमा र मंगल टोल सुधार संघ तथा ललितपुर महानगरपालिकाको सहयोगमा 'श्री भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति' गठन भएको छ ।
यही समितिबाट भीमसेन मन्दिरको पुनर्निर्माण गर्न नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र ललितपुर महानगरपालिका समेतको स्वीकृति पाएर पुनर्निर्माणको काम पनि सुरु भएको छ ।
बिहीबार ललितपुरको यल माया केन्द्रमा विशेष कार्यक्रमको आयोजना गर्दै भीमसेन मन्दिरको पुनर्निर्माणले गति लिएको जानकारी दिइएको हो । ललितपुर उद्योग वाणिज्य संघ र श्री भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जन ललितपुरवासी आफैले पाटन दरबार क्षेत्रको ढलेका सांस्कृतिक धरोहरलाई पुनः उठाउनसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारलाई समय समयमा आवाज उठाइयो र ललितपुरवासी आफैँले पुनर्निर्माण बनाउने जमर्काे गर्यौं । भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले एक करोड, प्रदेश ३ सरकारले ५० लाख दिने घोषणा गरिसकेको छ । उहाँका अनुसार, मन्दिर २ वर्षभित्र पुनर्निर्माण गरिसक्ने लक्ष्य लिइएको छ ।
कार्यक्रममा वरिष्ठ पत्रकार कनकमणि दीक्षितले पनि पाटन संस्कृतिक रुपमा निकै धनी रहेको र पाटनवासीको खुला हृदय भएकोले स्थानीयस्तरबाट नै पुनर्निर्माण हुनसक्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा प्रमुख आकर्षण र अमेरिकाका मानवशास्त्री तथा शोधकर्ता ब्रुस मकाया वोन्सले नेपाली संस्कृति र विशेषगरी मच्छेन्द्रनाथको रथको बारेमा आफूले गर्नुभएको अनुसन्धान र अध्ययनका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रमको रोचक कुरा त के थियो भने नेपालमा ४० वर्षभन्दा बढी समय बिताउनुभएको वोन्सले नेवारी भाषा र अङ्ग्रेजी भाषामा आफ्नो प्रस्तुति दिनुभएको थियो । ४० वर्षको अवधिमा उहाँले क्यामेरामा कैद गर्नुभएको तस्बिरहरु पनि प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका अर्का अतिथि तथा संस्कृतिविद् सत्यमोहन जोशीले नेपाली संस्कृति र विशेषगरी नेवारी समुदायमा भीमसेन मन्दिरको सुरुवात कसरी भयो भन्ने बारेमा बताउनुभएको थियो । उहाँले भन्नुभयो, ‘नेवारी समुदायले गणेश र भीमसेनलाई छोड्दै छोड्दैनन् । अनि मात्र चैत्य आउँछ । भीमसेनलाई व्यापारको प्रतिकको रुपमा पनि मानिने हुँदा यसको महत्व धेरै छ ।
पुनर्निर्माणको सन्दर्भमा संस्कृतिविद् जोशीले नेपाली संस्कृतिमा दानको महत्व रहेको बताउँदै भीमसेन मन्दिरको पुनर्निर्माण स्थानीय स्तरमा हुने विश्वास व्यक्त गर्नुभयो ।
पुनर्निमाणमा खटिनुभएका इञ्जिनियरले रोहित रञ्जितकारले पुनर्निर्माणको प्रक्रियाबारे जानकारी दिँदै अनुमानित लागत चार करोड ९२ लाख २३ हजार ७ सय २६ रुपैयाँ रहेको बताउनुभयो । उहाँका अनुसार, अनुमानित रकममा केही तलमाथि हुनसक्छ, अझ कम लाग्ने सम्भावना पनि छ ।
यसरी हुँदैछ भीमसेन मन्दिरको पुनर्निर्माण
१. अनुसन्धान, प्रतिवेदन तयार (स्काफफोल्डिङ लगायतका काम)
२. पुनर्निमाण अघि र पछिको अवस्थाका बारेमा जानकारी राख्ने, तस्बिरको रुपमा प्रतिवेदन राख्ने
३. पुनर्निमाणको लागि सुझाव
४. पुनर्निर्माणका काम आदि
चुनौती पनि छन्
१. पुनर्निर्माण गर्दा मन्दिरलाई पुरानै अवस्थामा फर्काउनुपर्ने
२. मन्दिरको जीवन्तताका लागि स्थानीयको उपस्थिति महत्वपूर्ण
३. सरकार, स्थानीय सरकार र संस्थाबीच सहकार्य आवश्यक
४. सीप जानेका शिल्पकार
५. ठूला र आकार मिल्ने काठ भेट्याउनै गाह्रो
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाेमा कार्यरत दामोदर न्याैपाने समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।