नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
युएई – सरकारले राजस्व बढाएपछि नेपाली दूतावास युएईले लिने सेवा शुल्क हेरफेर गरेको छ । कागजात प्रमाणीकरण र सेवामा लाग्ने दस्तुर वृद्धि गरिएको छ । मन्त्रीपरिषद्ले असार १५ गते गरेको निर्णय अनुसार साउन १ गतेदेखि लागु हुने गरी नयाँ शुल्कबारे दूतावासले जानकारी गराएको हो ।
मन्जुरीनामा, जमानतपत्र, रोजगार सम्झौता, सेवा सम्झौता तथा श्रम सम्बन्धी अन्य सेवाहरु, विवाह दर्ता, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणित, लाइसेन्स, विभिन्न प्रकारका निवेदनमा एक सय ५० दिर्हाम लाग्ने कार्यवाहक राजदूत सागप्रसाद फुँयालले जानकारी दिनुभयो । यस्तै बैंक तथा वित्तीय संस्थाबाट जारी भएका कागजात प्रतिलिपि प्रमाणीकरण, बसाईं सराई, प्रहरी प्रतिवेदन, चिकित्सको प्रमाणपत्र लगायतमा एक सय ९० दिर्हाम शुल्क लाग्ने छ ।
यसअघि अधिकृत वारेसनामा जारी गर्दा एक सय दिर्हाम शुल्क लाग्दै आएकोमा अब बढेको मूल्य अनुसार तीन सय ७० दिर्हाम कायम गरिएको छ । नयाँ कायम गरिएको सेवा शुल्कमा सबैभन्दा धेरै कामदार मागपत्र प्रमाणीकरणमा बढेको छ ।
एकदेखि २५ जना कामदार मागपत्र प्रमाणीकरण सम्बन्धमा नौ सय २० दिर्हाम, २६ देखी १०० जनाको मागपत्रमा ११ सय दिर्हाम र एक सय भन्दा धेरै कामदारको मागपत्र भए १२ सय ८० दिर्हाम सेवा शुल्क लाग्ने तथा प्रमाणीकरण भएका कागजात सच्चाउन परेमा प्रति कागजात तीन सय ७० दिर्हाम सेवा शुल्क लाग्नेछ ।
यसअघि कामदार मागपत्र प्रमाणीकरणका लागि प्रति पेज एक सय ५० दिर्हाम मात्रै शुल्क लिने गरिन्थ्यो । तर अब भने कामदार माग संख्याका आधारमा सेवा शुल्क लिइने भएको छ ।
दूतावासले प्रदान गर्ने कल्याणकारी प्रकारका सेवा अन्तरगत अंग प्रत्यारोपणका लागि सिफारिस, खोजतलास तथा उद्धार कार्यका लागि सिफारिस, घाइते, मृतकको क्षतिपूर्ति, कामदारका समस्या सम्बन्धी निवेदनमा भने कुनै शुल्क नलाग्ने दूतावासकी सूचना अधिकारी विष्णुकुमारी अधिकारीले जानकारी दिनुभयो ।
युएई आएको चार महिनामै अस्पतालको बास, दूतावासको पहलमा उपचार
साउदीको जेलमा रहेका दिलबहादुरको उद्दारका लागि युएईबाट साढे ५ लाख सहयोग
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।