बर्मामा नेपालीले कृपा र दया हाेइन कदर र सम्मान पाएका छन्: नयाँघरे

 असोज १५, २०७६ बुधबार १५:५८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नियात्राकार युवराज नयाँघरेको तनक्खा नियात्रा सङ्ग्रहको बुधबार विमोचन भएको छ ।

नेपाल म्यानमार मैत्री परिषद्का अध्यक्ष शंकर घिमिरेले पुस्तक विमोचन गर्दै यो कृतिले नेपाल र बर्मामा रहेका नेपालीको धर्म, संस्कृति र जीवनशैली चिनाउन मद्दत पुग्ने चर्चा गरे ।

घिमिरेले भने, ‘धेरै नेपालीहरु रोजगारीसँग गाँसिएर बर्मा पुगे पनि उनीहरुले आफ्नो परम्परा र पहिचान जोगाइरहेकै छन् । तनक्खामा यसको अत्यन्तै राम्रो वर्णन पाइन्छ ।’

कृतिबारे समीक्षा गर्दै समालोचक महेश पौडेलले भन्नुभयाे, ‘देश छाडेका नेपालीको हृदय गाँसिएको छ यो कृतिमा । नेपाली साहित्यमा यस्ता कृतिको निकै खाँचो छ ।’

पौडेलले यात्रा साहित्यमा यो अब्बल कृति  रहेकाे र यसले बर्मा र नेपाली समाजको सम्बन्ध अझ गहकिलो पारेको बताउनुभयाे ।

साहित्यकार मोमिलाका शब्दमा ‘नयाँघरेको आफ्नो लेखकीय शैली तनक्खामा राम्रोसँग आएको छ । नेपालीहरुो जीवनशैली, संस्कृति र सभ्यताको राम्रो शल्यक्रिया भएको छ ।’

कृतिकार युवराज नयाँघरेले भन्नुभयाे, ‘आफ्नो मूलथलो छोडेपछि नेपालीहरुको समग्र चरित्र र पहिचान कस्तो हुँदोरहेछ भन्ने अध्ययन र निष्कर्ष दिने मेरो प्रयास थियो । तनक्खामा बर्मामा रहेका नेपालीको इतिहास र वर्तमानको वर्णनसँगै भविष्यमा परिचय के हुन सक्छ भन्ने विवेचना पनि गरेको छु ।’

बर्मामा नेपालीले कृपा नभइ कदर तथा दया नभइ सम्मान पाएकाे तथा बहिस्कार नभइ स्वीकारको वातावरण पाएका नयाँघरेले बताउनु्भयाे । उहाँले म्यानमारमा नेपालीको पहिचान ज्यादै सम्मानित रहेकाे र हिजो गाई पाल्न गएकाहरु आज ठूलो–ठूलो कारोबारी भएका भन्दै तनक्खामा नेपालीको सबै पुस्ताको सुक्ष्म वर्णन रहेकाे जानकारी दिनुभयाे ।

विमोचन कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, नेपाल म्यानमार मैत्री परिषद्का तुलसी ज्ञवाली लगायतले मन्तव्य राखेका थिए ।

निबन्ध र नियात्राका लोकप्रिय र सिद्धहस्त स्रष्टाका रुपमा चिनिने नयाँघरेको यो १६औंँ कृति हो । मदन पुरस्कार प्राप्त नयाँघरेको यो कृति रत्न पुस्तक भण्डारले प्रकाशित गरेको छ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया