नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - दक्षिण एसियाली खेलकुद (साग)को पुरुष भलिबलमा नेपाल समूह चरणबाट नै बाहिरिएको छ । लगातार दुई खेलमा हार बेहोरेसँगै नेपाली पुरुष भलिबलको यात्रा समूह चरणमै रोकिएको हो ।
शुक्रबार भारतसँग ३-० काे साेझाे सेटमै हार बेहाेरेपछि नेपालकाे यात्रा टुंगिएकाे हाे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलमा नेपालले पहिलो सेट २५-१६ ले गुमायो । उपाधिको दाबेदार भारतविरुद्ध नेपाल पहिलो सेटमा २१-१३ ले पछि परेको थियो । त्यसपछि नेपालले अरु अंक थप्न नसक्दा भारत २५-१६ ले विजयी भयो । पहिलो सेटमा नेपालले सर्भिस र रिसिभमा कमजोरी देखाएको थियो ।
दोस्रो सेटमा नेपालले सुरुवाति तीन अंक बटुलेको थियो । एक समय पाँच-तीनकाे अवस्थामा रहेको नेपाल खेल अगाडि बढेसँगै १३-६ मा पुगेको थियो । भारतसँगकाे खेलमा पनि नेपालको रिसिभमा समस्या देखियो । यसका साथै नेपालले प्रहार गरेका सटहरु कोर्ट बाहिर गएका थिए । मानसिक रुपमा नै नर्भस भएका नेपाली खेलाडीले कमब्याक गर्न सकेनन् । १६-६ को अवस्थामा रहेको दोस्रो सेटमा त्यसपछि नेपालले अरु ७ अंक जोड्दा भारतले २५-१३ ले जित्यो ।
तेस्रो सेटमा नेपालले केही सुधारिएकाे प्रदर्शन गरेकाे थियाे । जसमा नेपाल एक समय सात-पाँचको अवस्थामा थियो । तर भारतको जोडदार प्रहारविरुद्ध नेपालका खेलाडी निकै निरीह देखिए । त्यसमा पनि सर्भिसमा पनि कमजोर देखियो ।
तेस्रो सेटको मध्यतिर भारत १२-१६ ले अगाडि रहेको थियो । त्यसपछि पनि भारतले आफ्नो दबदबा कायमै राख्दै सेट २५-१६ ले सेट जित्याे ।
यसअघि नेपाल बंगलादेशसँग ३-२ ले पराजित भएको थियो । समूह ए बाट भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।