नेपाल साहित्य महाेत्सव : शनिबार तमश लाेकार्पणसहित थुप्रै विषयमा बहस हुँदै

 मंसिर २८, २०७६ शनिबार ९:१३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - पोखरामा चलिरहेको नेपाल साहित्य महोत्सवमा आज शनिबार विभिन्न विषयमा बहस हुँदैछ ।

महोत्सवको दोश्रो दिन बिहान ११ बजे ‘लोकगीत कि लोकप्रियता’ शीर्षकको बहसमा गायिका हरिदेवी कोइराला र झुमा लिम्बु तथा गायक प्रकाश सपुत सहभागी हुनुहुनेछ ।

यस्तै दिउँसो १२ बजेपछि ‘सपनाको सम्मान’ शीर्षकको बहसमा डाक्टर रुपचन्द्र विश्वकर्मा, विमला गायक र सुवास नेपाली सहभागी हुनुहुनेछ भने १२ बजे नै नारायण ढकालको पुस्तक ‘तमस’ विमोचन गर्ने कार्यक्रम छ ।

यस्तै दिउँसो १ बजे ‘अध्ययनको भोक’ शीर्षकमा शान्ता चौधरी र करिष्मा मानन्धरसँग छलफल हुनेछ भने त्यसै समयमा ‘कारागारमा किताबी सन्सार’ शीर्षकको बहसमा महेशविक्रम शाह र धर्मराज विश्वकर्मा सहभागी हुनुहुनेछ ।

दिउँसो २ बजे ‘दृष्टिदान’ शीर्षकको छलफलमा डाक्टर सन्दुक रुइतसँग विमर्श हुनेछ भने ३ बजेपछि ‘बतासमा बारुदको गन्ध : नक्सलवाददेखि लेखनसम्म’ शीर्षकको विमर्शमा लेखक मनोरञ्जन व्यापारी सहभागी हुनुहुनेछ ।

३ बजेदेखि नै अर्को सत्रमा ‘राजनीतिको अपराधीकरण, अपराधको राजनीतिकरण’ शीर्षकमा देवेन्द्र सुवेदी र हरिबहादुर थापासँग बहस हुनेछ । दिउँसो ४ बजेपछि ‘जाग लम्क चम्क है खेलकुदका बदलिँदा आदर्श’ शीर्षकमा मिना राई र ननिता महर्जनसँग छलफल हुनेछ ।

यसै समयमा ‘राइटिङ्ग होम एण्ड दी होमल्याण्ड’ शीर्षकको बहस हुनेछ भने बेलुकी ५ बजेपछि सुरु हने ‘नेपाल नेक्सस : राजनीतिमा भू राजनीति’ शीर्षकको बहसमा गगन थापा, सुधिर शर्मा र मानुषि यमी भट्टराई सहभागी हुने साहित्य महोत्सव आयोजक संस्था बुकवर्म फाउण्डेशनले जनाएको छ ।  

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया