अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : कानूनी रूपमा अधिकार सुरक्षित, व्...
मंसिर १८, २०८१ मंगलबार
ओखलढुङ्गा - शिक्षकको कुटाइबाट लिखु गाउँपालिका वडा नम्बर ३ स्थित नर्मदेश्वरमा रहेको भिमसेनस्थान माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने ११ वर्षीया छात्रा पार्वती श्रेष्ठ बेहोस भएकी छन् ।
हल्ला गरेको आरोपमा विद्यालयका शिक्षक दिपक तामाङले ढाडमा कुटेपछि बालिका बेहोस भएको अभिभावकको गुनासो छ । अहिले उपचारपछि बालिकाको अवस्था सामान्य रहेको छ ।
सोमबार विद्यालयमा शिक्षकले विद्यार्थी कुटेपछि बालिका बेहोस हुँदा घटना बाहिरिएको हो । बालिका बेहोस हुनासाथ विद्यालय नजिकै रहेको मेडिकलमा उपचार गरिएको पीडित बालिकाका मामा बोधनारायण श्रेष्ठले बताउनुभयो ।
शिक्षक तामाङले कक्षा सञ्चालन भइरहेको अवस्थामा हल्ला गरेको भन्दै ढाडमा दुई मुक्का हानेको पीडित विद्यार्थी पार्वती श्रेष्ठले बताउनुभयो । कक्षा चलिरहेको समयमा अन्य साथीहरु हाँसेपछि आफू पनि सँगै शिक्षकले कुटेको उहाँको भनाइ छ । शिक्षकको कुटाइपछि आफ्नो छाती दुखेको र आँखा हेर्न समस्या भएको पीडित बालिकाले गुनासो गर्नुभयो ।
आरोपित शिक्षक दिपक तामाङले कक्षा सञ्चालनका समयमा हल्ला गरेपछि आफूले सामान्य सजाय दिएको तर, बेहोस हुनेगरी नकुटेको दाबी गर्नुभएको छ । उहाँले विद्यार्थीलाई चेतावनीस्वरुप ढाडमा सामान्य कुटे पनि अन्य कारणले बिरामी भएको दाबी गर्नुभयो । छात्रालाई शिक्षकले कुटपिट गरेको आफूले नदेखेको प्रधानाध्यापक भिमप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
शिक्षकले कुटेलगत्तै विद्यार्थी रोएर बेहोस भएकाले विद्यार्थीले नाटक गरेको प्रअ सुवेदीको आरोप छ । अभिभावकले भने विद्यार्थी कुटिएको भन्दै विद्यालयको ध्यानाकर्षण गराएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।