एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ - काठमाण्डौ लगायत देशका धेरै भागमा सामान्य वर्षात भएसँगै चिसो बढेको छ । चिसोले विशेषत: बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गर्छ।
चिसोका कारण पछिल्ला दिनमा अस्पताल र क्लिनिकमा बालबालिकाको स्वास्थ्य परीक्षण गर्नेहरुको भिड लाग्न थालेको छ । साथै, बिरामी भएर अस्पतालमा भर्ना हुनेको संख्या पनि बढ्न थालेको छ ।
बालबालिकालाई चिसोबाट जोगाउन सकिएन भने निमोनिया, रुघाखोकी र झाडाबान्ता हुन सक्छ । तसर्थ, चिसो मौसममा विशेष सतर्कता अपनाउनु पर्छ ।
बालबालिकामा निमोनिया हुँदा देखा पर्ने लक्षण
-खोकी लाग्ने ।
- सास फेर्न गाह्रो हुने ।
- स्वाँ–स्वाँ हुने, छिटो छिटो स्वास फेर्ने ।
- कोखा हान्ने ।
- छाती घ्यार घ्यार हुने ।
- ज्वरो आउँने ।
जाडोमा नै बालबालिकामा किन हुन्छ निमोनिया ?
जाडोले गर्दा कुनै व्याक्टेरिया गएर निमोनिया गराउने होईन । तर, धेरै चिसो हुँदा झ्याल ढोका बन्द गरेर गुम्म भएर बस्ने भएकाले भित्री प्रदुषण बढी हुन्छ ।
इन्फ्लुन्जा, एचवान, एनवान, कमन कोल्डका भाइरसहरु जाडो महिनामा नै बढी सक्रिय हुनेगर्छन् ।
पहिलादेखि नै श्वास–प्रश्वास सम्बन्धी समस्या छ, छाती घ्यार घ्यार हुने गर्छ वा दमको राेग छ भने अझ धेरै गाह्रो हुनेगर्छ । साविकभन्दा धेरै औषधि लिनुपर्छ तर त्यसले काम नगर्ने संभावना पनि उत्तिकै हुनेगर्छ ।
बचाउने उपाय
- चिसोमा विशेषगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई रुघाखोकी र निमोनिया हुन सक्ने खतरा बढी हुने गर्छ । त्यसैले उनीहरुलाई न्यानो पारेर राख्नुपर्छ ।
- चिसो हावामा बालबालिकालाई कपडा लगाइएको छ भनेर खेल्न दिनुहुँदैन । झ्यालढोका पूरै बन्द गरेर बस्नुहुदैन ।
- पहिलेदेखि दमको समस्या हुनेलाई रुघाखोकीले छिट्टै सताउन सक्छ । दमको समस्या हुनेले विशेष ध्यान दिनुपर्छ ।
- दुई वर्षसम्म आमाको दुध नियमित खुवाउने तथा पोषणयुक्त तातो खाना खुवाउने गर्नुपर्छ।
- घरमा अरु कसैलाई रुघाखोकी लागेको छ भने बालबालिकालाई उनीहरूबाट टाढा राख्नुपर्छ । बालबालिकालाई भिडभाडमा राख्नु हुदैन ।
- पाँच वर्षसम्मका बालबालिकाकोे छातीका साथै टाउको, हात, खुट्टा बचाउन पञ्जा, मोजा, टोपी लगाइदिने गर्नुपर्छ । पसिना आएमा समय–समयमा कपडा परिवर्तन गरिदिनुपर्छ ।
- बालबालिकालाई उमेरअनुसारको नियमित खोप लगाउनु पर्छ । ६ महिनाभन्दा बढी उमेरका बालबालिकालाई वर्षेनी खोप लागाउनुपर्छ ।
- निमाेनियाकाे सामान्य लक्षण देखापर्ने बित्तिकै स्वास्थ्यसंस्था लैजानुपर्छ ।
(वीर अस्पतालमा कार्यरत छाती रोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठसँग उज्यालो सहकर्मी विना न्याैपानेले गरेको कुराकानीमा आधारित ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।