एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - माघे सङ्क्रान्तिमा घिउ, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी लगायतका खानेकुरा खाने चलन छ । चिसोमा यस्ता खानेकुराले शरीरलाई तातो र तागत दिन्छ ।
तरुलका फाइदा
- तरुलमा फाइबर, भिटामिन सी, भिटामिन बी सिक्स, भिटामिन बी वान, फोलिक एसिडका साथै पोटासियम, आइरन, क्याल्सियम, म्याग्नेसियम तथा फस्फोरस जस्ता पोषक तत्वहरु पाइन्छ ।
- तरुलको नियमित सेवनले बाथ रोग भएका व्यक्तिलाई निकै लाभ मिल्दछ । साथै तरुलमा हुने एन्टिअक्सिडेन्ट, भिटामिन सी तथा बिटा क्यारोटिनले शरीरमा क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्दछ ।
- क्यान्सरको कारक तत्वको रुपमा रहेका फ्री रेडिकल्ससँग लड्दछ । साथै तरुल दम रोगीका लागि पनि फाइदाजनक हुन्छ ।
- तरुल नियमित रुपमा खानाले कब्जियत तथा कोलेस्ट्रोलका कारण हुने समस्याबाट पनि राहत मिल्दछ ।
- साथै तरुलको नियमित सेवनले स्मरण क्षमतामा वृद्धि हुन्छ भने अल्जाइमर्स रोगबाट बचाउँछ ।
चाकु
-सख्खरबाट बनाइने भएकाले चाकुमा प्रशस्त मात्रामा कार्बाेहाइड्रेट पाइन्छ ।
-यसमा धेरै मात्रामा आइरन पाइन्छ, जसले गर्दा रक्तअल्पताबाट बचाउँछ ।
-महिला तथा सुत्केरीलाई चिसोबाट बचाउने तथा शक्क्ति दिने काम गर्छ ।
-प्रशस्त क्याल्सियम पाइने भएकाले शरीरलाई उर्जा दिन्छ ।
तिल
- घिउसँग तिलको प्रयोग गरी खानाले धेरै रोगबाट मुक्ति मिल्छ । त्यसैले तिललाई विभिन्न परिकार बनाएर यसलाई खान सकिन्छ । स्वादसँगै स्वस्थ रहन सकिन्छ ।
- यदि कसैलाई बारम्बार पिसाब आउने वा पिसाब आउँदा धेरै गाह्रो हुने समस्या छ भने तिल खानाले फाइदा हुन्छ ।
- तिलको तेलमा निमको पात राखेर त्यही तेलले मालिस गर्नाले मुहारमा आएको एलर्जी तथा छाला सम्बन्धी रोगबाट राहत मिल्छ ।
- तिलको तेल प्रयोग गरिएको खाना खानाले कोलेस्ट्रोल कम गराउने हुनाले हृदयरोग लाग्ने सम्भावना धेरै कम हुन्छ ।
- तिलको तेल लगाउनाले आगोले पोलेको घाउ निको हुन्छ ।
- दिनहुँ ५ ग्राम जति कालो तिल राम्रोसँग चपाएर खाने गर्नाले गिजा र दाँत बलियो हुन्छ । तिलको नियमित सेवन गर्नाले स्वस्थ रहन सकिन्छ, हड्डी बलियो बनाउँछ । हरेक महिलाले आफ्नो स्वास्थ्य राम्रो बनाउन हप्तामा दुई पटक तिलको परिकार खानै पर्छ । आईरन चक्की खानुभन्दा तिल खानु धेरै राम्रो हुन्छ ।
खिचडी
-माघे संक्रान्तिमा फुरौला तथा खिचडी खाने चलन छ । यो खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने र रोगसँग लड्न सक्ने शक्क्ति दिन्छ ।
- कालो दालमा पर्याप्त मात्रामा रेसादार पदार्थ र लौह तत्व हुन्छ । त्यस्तै पर्याप्त मात्रामा आइरन पाइन्छ ।
- फुरौलासँग खाइने अचारले शरीरमा गएको चिल्लो पदार्थ तथा अन्य खनिज राम्रोसँग सोसिने हुन्छ ।
- यस्तै पिँडालु, सखरखण्ड समेत शरीरको लागि अत्यन्तै पोषक तत्व भएको खाने कुरा हो ।
(विना न्यौपानेले जनस्वास्थ्यविद डा. अरुणा उप्रेतीसँगको कुराकानीमा आधारित )
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।