नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
विश्वमा अहिले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएसँगै अर्थबजारमा अस्थिरता सिर्जना भएको छ । त्यसैको असर अमेरिकी डलरमा पनि परेको छ ।
शेयर मार्केट खस्केको, कच्चा तेलको भाउमा गिरावट आएको, सुनमा लगानी गर्नेहरु बढेको लगायत कारणले अमेरिकी डलरको भाउ बढेको हो । सुनको माग बढिरहेको र सुन डलरमा कारोबार हुने भएकोले यसको असर प्रत्यक्षरुपमा डलरमा देखिएको हो ।
यही बीचमा अमेरिकाले कोरोना भाइरसबाट अर्थतन्त्रमा हुन सक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राखेर ब्याजदर घटाइदिएको छ । त्यसले पनि डलरको भाउ उच्च भएर गएको हो ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि खरिद मूल्य ११८ रुपैयाँ ३० पैसा र बिक्री मूल्य ११८ रुपैयाँ ९० पैसा कायम गरेको छ । यो अहिलेसम्मकै महँगो हो । गएको वर्ष आजकै दिन १ अमेरिकी डलरको खरिद मूल्य १११ रुपैयाँ ९४ पैसा र बिक्री मूल्य ११२ रुपैयाँ ५४ पैसा कायम भएको थियो ।
नेपालमा पर्ने असर
नेपालको ६० प्रतिशतभन्दा धेरै आर्थिक कारोबार भारतसँग हुने गरेको छ । भारतीय मुद्रा कमजोर भएकोले पनि त्यसको असर नेपालमा पर्न गएको हो । भारतीय मुद्रा अहिले कमजोर भएर १ अमेरिकी डलरको साढे ७४ भारतीय रुपैयाँ कायम भएको छ । भारतीय मुद्रा र नेपाली मुद्राबीच स्थिर कारोबार हुने गरेको कारणले पनि भारतमा भाउ घटबढ हुने बित्तिकै नेपालमा पनि त्यसको असर पर्ने गरेको छ ।
अमेरिकी डलर अहिलेसम्मकै महँगो भएसँगै यसले नेपालको विकास, उपभोग, दैनिक जीवनयापन सबैमा नकारात्मक प्रभाव पार्छ । नेपाल उपभोग र आयातमा आधारित देश हो । नेपालको निर्यातको अवस्था अत्यन्तै कम छ । हाम्रो आन्तरिक उत्पादन बढिरहेको भए डलरको भाउ बढ्दा फाइदै हुन्थ्यो । तर त्यसो हुन नसक्दा नेपालमा यसको नकारात्मक असर पर्ने देखिन्छ ।
कुन–कुन क्षेत्रमा बढी असर ?
अमेरिकी डलरको भाउ बढ्नेबित्तिकै पैठारीमा स्वतः मूल्य बढ्छ । यही रफ्तारमा अघि बढ्यो भने उपभोक्ता, आमनागरिक लगायत महँगीको मारमा पर्ने स्पष्ट छ । यसले परियोजना र विकास निर्माणका योजनाको काममा अलि धेरै असर गर्ने देखिन्छ । पर्यटन उद्योगमा यसको प्रभाव देखिइसकेको छ ।
प्रशोधन उद्योग र एअरलाइन्सहरु बन्द हुने अवस्थामा पुगिसकेका छन् । नेपालमा भएका उद्योग तथा कलकारखानामा कच्चा पदार्थ चीन, भारतलगायत देशबाट ल्याउनुपर्ने र त्यो आयात बन्द या कम हुँदा अझ धेरै असर गर्ने देखिन्छ । परियोजनाका लागि आवश्यक पर्ने सामग्रीको मूल्य बढ्दा काम प्रभावित हुन सक्छ । मुख्यतः विकास निर्माण र दैनिक जीवनयापनमा यसको मुख्य असर पर्ने देखिन्छ ।
नेपालले चाहेर पनि फाइदा लिन सक्दैन
कोरोना भाइरस र साउदी अरेबिया तथा रुसबीचको टकरावको कारणले कच्चा तेलको मूल्यमा गिरावट आएको छ ।
कच्चा तेलको मूल्यमा गिरावट आउँदा केही हदसम्म नेपालले फाइदा उठाउन सक्ने भए पनि डलरको भाउ बढेसँगै तत्कालका लागि त्यो फाइदाको विषय नबन्ने भएको छ । कोरोनाको असरले विभिन्न देशले आफ्ना अन्तर्राष्ट्रिय व्यापार स्थगित गर्न थालिसकेका छन् । यस्तो अवस्थामा नेपालले जतिसक्दो धेरै कच्चा तेल आयात गरेर फाइदा बटुल्न समस्या छ ।
नेपालले डलरको भाउ बढ्दा सबैभन्दा धेरै पर्यटन व्यवसायबाट फाइदा बटुल्न सक्छ तर कोरोनाको त्रासले सबै पर्यटन व्यवसाय ठप्प छ । यो अवस्थामा डलरको भाउ बढे पनि नेपाललाई कुनै फाइदा नपुग्ने देखिन्छ । वैदेशिक रोजगारीबाट रेमिट्यान्स भित्र्याउने राम्रो अवसरको रुपमा डलरको भाउ बढेको समयलाई लिइन्छ ।
तर अहिले केही देशमा जान लागेकाहरु नेपालमा रोकिन थालेका र विदेशमा रहेकाहरु पनि नेपाल फर्कने प्रयासमा रहेकाले यसबटा पनि नेपालले फाइदा लिन नसक्ने देखिन्छ । निर्यातजन्य वस्तुबाट यस्तो अवस्थामा फाइदा लिन सक्ने भए पनि त्यस्तो वस्तु कम भएकोले नेपालले डलरको भाउ बढ्दा घाटा बेहोर्नुपर्ने देखिन्छ ।
अब के होला ?
विश्वभर आर्थिक मन्दीको सम्भावना रहेकोले धेरैले जागिर गुमाउन सक्छन् । बैंक तथा वित्तीय संस्थाबाट लिइएको सावाँ ब्याज भुक्तानीमा समस्या हुन सक्छ । बैंकहरु पनि अप्ठ्यारोमा पर्न सक्ने सम्भावना छ । आपूर्ति व्यवस्थामा पनि यसको प्रभाव पर्ने देखिन्छ । किनभने नेपालमा रहेका सबै उद्योग कलकारखानाले कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने बाध्यता छ ।
विदेशी कच्चा पदार्थ ल्याएर उत्पादन गर्नुपर्ने भएकोले डलरको भाउ बढ्दा नाफाभन्दा घाटा धेरै छ । कच्चा पदार्थ ल्याउने प्रमुख गन्तव्य चीन र भारत हो । एकातिर कच्चा पदार्थको व्यापार खुम्चिएको र अर्कोतिर डलरको भाउ पनि बढेकाले त्यहाँबाट सामान ल्याएर उत्पादन गरिएको सामान महँगो हुने देखिएको छ ।
कोरोना भाइरस र डलरको भाउबीचको सम्बन्ध के ?
कोरोना भाइरसको सङ्क्रमण हुनुभन्दा पहिलेदेखि नै विश्व अर्थबजारमा डलरको भाउको प्रभाव पर्न थालिसकेको थियो । तेलको अस्थिर अर्थराजनीतिक र अन्य कारणले यसअघि पनि डलरको भाउ बढ्न सुरु गरिसकेको थियो । कोरोना भाइरसको सङ्क्रमणले भाउ बढाउनुमा अर्को मद्दत थपेको हो ।
मुख्यतः कोरोना भाइरसको कारणले भन्दा पनि शेयर मार्केट खस्किएको र सुनको बजार भाउले डलरको भाउमा असर गरेको हो । कोरोनाको सङ्क्रमणले त्यो चापलाई अलि बढाउन मात्रै सहयोग गरेको हो ।
यसअघि सन् २०१२ मा डलरको भाउ उच्च भएको थियो । यस्तो अवस्थामा नेपाली अर्थतन्त्रमा पर्न सक्ने प्रभाव र न्यूनीकरण गर्ने विषयमा रणनीतिक हिसाबले अगाडि बढ्नुपर्ने देखिन्छ ।
(उज्यालो सहकर्मी टेकमान शाक्यले आर्थिक विश्लेषक अधिकारीसँग गर्नुभएको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वरिष्ठ आर्थिक विश्लेषक प्राध्यापक डा. अधिकारी नागरिक लगानी काेषका पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।
Chang Jung
March 13, 2020, 12:10 a.m.......शेयर मार्केट खस्केको, कच्चा तेलको भाउमा गिरावट आएको, सुनमा लगानी गर्नेहरु बढेको लगायत कारणले अमेरिकी डलरको भाउ बढेको हो । सुनको माग बढिरहेको र सुन डलरमा कारोबार हुने भएकोले यसको असर प्रत्यक्षरुपमा डलरमा देखिएको हो । ... होइन कस्ता अर्थिक बिस्लेशक हरु हुन यि नेपाल का । के वहाँहरु लाई अहिले सम्मा थाहा छैन र नेपाली रुपैया भारतीय रुपैया सँग पेग PEG गरिएको छ ? पेग PEG गरे पछी नेपाली रुपैया ले अन्तरराष्ट्रिय बजार मा कुनै भूमिका खेल्दैन , भारत ले जे गर्छ नेपाल ले तेही भोग्नु पर्छ । काम छैन भने अरु काम गरे हुन्छ , वाहियत बिस्लेशण गरेर समय बर्बाद गर्नु भन्दा बिदेश गये हुन्छ काम गर्न ।