यू–१९ एशिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डौ - चर्चित कार्टुनिस्ट अविन श्रेष्ठकाे ‘बेस्ट अफ अविन, अविनको कार्टुन सङ्ग्रह-भाग २’को लोकार्पण भएकाे छ ।
बिहीबार वरिष्ठ पत्रकार किशोर नेपाल, अखिलेश उपाध्याय, युवराज घिमिरे, नारायण वाग्ले, सुधीर शर्मा र जीवेन्द्र सिम्खडाले सङ्ग्रहको लोकार्पण गर्नुभएको हो ।
अविनको कार्टुन सिर्जना यात्राको २५ वर्षकाे अवसर पारेर बुक आर्ट नेपालले प्रकाशन गरेको सङ्ग्रहमा २०६२ र ६३ को जनआन्दोलनपछि देशको अवस्थालाई चिरफार गरेका कार्टुन सङ्ग्रहित छन् ।
कार्टुनिस्ट अविनले २५ वर्षे यात्रामा आफूले काम गरेका सम्पादकको हातबाट कार्टुन सङ्ग्रहको लाेकार्पण गराउनु भएकाे हाे । उहाँले २०५० देखि व्यङ्ग्य चित्र अर्थात कार्टुनमार्फत देशकाे आर्थिक, राजनीतिक क्षेत्रमा हुने विकृति, विसंगतिमाथि चोटिलो प्रहार गर्दै आउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।