एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
मौसम परिवर्तनसँगै अहिले मौसमी फ्लुको जोखिम बढेको छ । मौसमी फ्लु र कोरोनाका लक्षणहरु मिल्दोजिल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण भयो कि भन्ने शङ्का धेरैमा हुने गरेको छ ।
मौसमी फ्लु र कोरोनालाई कसरी छुट्याउने ?
मौसमी फ्लु र कोरोना भाइरस दुवै भाइरल सङ्क्रमण (इन्फेक्सन) हो । तर सामान्य रुघाखोकी लाग्दैमा डराउनु पर्दैन । मौसमी फ्लु हुँदा ज्वरो ९८ देखि एक सय डिग्रीसम्म पुग्छ । तर कोरोनाको सङ्क्रमण हुँदा ज्वरो एक सयभन्दा माथि पुग्छ ।
मौसमी फ्लु हुँदा दुई/चार दिनमा नै त्यसका लक्षण देखा पर्छन् । तर कारोनाको लक्षण १४ दिनसम्म देखा पर्छ । फ्लु लाग्दा एक हप्तासम्म रुघाखोकी लाग्ने र सामान्य ज्वरो आउने हुन्छ ।
फ्लु दुईदेखि चार दिनमा अरुमा सर्छ भने कोरोना चार/पाँच दिनको फरकमा सर्छ ।
कोरोना भएमा कस्ताे लक्षण देखिन्छ ?
– रुघाखोकी लाग्दा पनि उच्च ज्वरो आउने
– निमोनियामा जस्तो स्वाँ–स्वाँ बढ्ने
– श्वास लिँदा धेरै बल लगाउनुपर्ने
– छातीमा गाह्रो हुने
कस्तो अवस्थामा अस्पताल जाने ?
– सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जानुपर्दैन
– ज्वरो १०१, १०२ डिग्रीभन्दा बढी आएमा
– ज्वरो निरन्तर आएमा
– श्वास फेर्दा छाती धेरै दुखेमा वा श्वास फेर्न गाह्रो भएमा
– ज्यान धेरै कमजोर र लत्रक्क परेकोजस्तो देखिएमा
– मधुमेह, मिर्गाैला राेगीजस्ता दीर्घ रोगीले अस्पताल गएर परामर्श लिने
प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?
– फलफुल, सागपात तथा हरिया तरकारीजस्ता प्राकृतिक खानेकुरा धेरै खाने
– मासुजन्य परिकार सकेसम्म कम खाने र राम्ररी पकाएर खाने
– सकभर स्वस्थ्य रहने
– प्रशस्त मात्रामा उमालेको पानी पिउने
– धेरै मात्रामा झोल पर्दाथ पिउने
बिहानदेखि बेलुकासम्म के–के गर्ने ?
– सबैभन्दा बढी हातको सरसफाइमा ध्यान दिने
– काम गर्दा पटक पटक स्यानिटाइजर प्रयोग गर्ने
– स्यानिटाइजर नभए साबुन पानीले हात धुने
– शौचालय जाँदा र बाहिरबाट घर फर्केेपछि २० सेकेण्ड मिचीमिची हात धुने
– बाहिरबाट घर फर्केपछि लगाएको कपडा फेर्ने
– हरेक दिन छुट्टाछुट्टै कपडा लगाउने
– लुगा दैनिक रुपमा धुने र सकेसम्म दैनिक नुहाउने
– घरबाहिर जाँदा मास्क लगाउने र नभए रुमालले मुख छोप्ने
(वीर अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. मिलन खड्कासँग विना न्यौपानेले गर्नुभएको कुराकानीमा आधारित )
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
भुवनमान सिंह
March 20, 2020, 9:08 p.m.सर-सल्लाह र सुझाव दिनु भएकोमा धेरै धन्यवाद दिन चाहान्छु । मेरो टिप्पणी: (१) निरन्तर फ्लू भइरहन्छ । (२) ज्वरो छैन । (३) आँखा पिरो भएको छ । (४) टाउको हलुका झुम्म हुन्छ ।