एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - काठमाण्डाै छाड्ने मुख्य नाकाहरुमा यात्रुको भिड लागेको छ ।
भक्तपुरको जगाती, काठमाण्डाैको मुड्खु, नागढुंगा र दक्षिणकाली नाका हुँदै उपत्यका छाड्नेको संख्या बढेपछि भिड भएको हो । सरकारले साेमबारदेखि लामो दूरीका गाडी चल्न नदिने निर्णय गरेकाले रातिदेखि नै गाडी निश्चित गन्तव्यका लागि छुटेका छन् ।
कोरोना भाइरसको जोखिमका कारण काठमाण्डाै छाड्नेको संख्या झनै बढेको छ भने आउनेको संख्या घटेको छ । सरकारले रुट इजाजत खुला गरेसँगै काठमाण्डाैबाहिर जाने गाडी र यात्रुको संख्या अझै बढेको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गएको २० हजार १ सय ५ वटा गाडीमा १ लाख ३० हजार ८ सय २२ जना काठमाण्डाै बाहिर गएका छन् भने १४ हजार ४ सय ५७ गाडीमा ६३ हजार ३ सय ११ जना काठमाण्डू आएका छन् ।
यसअघि हिजो १८ हजार ५ सय ५४ वटा गाडीमा १ लाख ८ हजार ४ सय ५८ जनाले काठमाण्डू छाडेका थिए भने १५ हजार १ सय ४० वटा गाडीमा ८३ हजार १ सय ३९ जना काठमाण्डू आएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।