यू–१९ एशिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
कालिकोट - रास्कोट नगरपालिकामा वितरण गरिएको राहतको चामल डल्ला परेको भेटिएपछि नगरपालिकाले फिर्ता लिएको छ ।
वितरण गरिएको चामलमध्ये एक बोरा चामल खान योग्य नभएको पाइएपछि त्यसको साटो अर्को बोरा चामल उपलब्ध गराइएको नगरपालिका प्रमुख काशीचन्द्र बरालले बताउनुभयो ।
नगरपालिकाको वडा नम्बर-९ का नारायण न्यौपानेलाई लकडाउनमा राहत स्वरुप दिइएको चामलमा डल्ला परेको र खान योग्य नभएको भन्दै वडा सदस्य तोयानाथ न्यौपानेले जानकारी गराएपछि त्यसको साटो अर्को बोरा चामल वितरण गरिएको बरालले जानकारी दिनुभयो ।
नगरपालिकाले चैत २८ गते जिल्लाको नेपाल खाद्यान्न संस्थानबाट ३ सय ६० क्विन्टल अरुवा मध्यम चामल खरिद गरेको थियो । त्यसमध्ये केही चामल चैत ३१ गते बाँडिएको र बाँकी स्टोर गरेर राखिएको थियो । वैशाख २४ गते वितरण गरिएको चामलमध्ये एक बोरा (३० केजी चामल) कुहिएको पाइएको मेयर बरालले भन्नुभयो ।
उच्चस्तरीय प्रविधिबाट प्रशोधन गरेर २०७६ पुष ६ गतेपछि प्याकिङ्ग गरिएको चामल नगरपालिकालाई दिएको र खाद्यान्न संस्थानमा कुहिएको चामल नभएको संस्थानका कालिकोट प्रमुख निर्मल थापाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।
कृष्ण आचार्यक
May 7, 2020, 10:12 p.m.मुद्दाको फैशला गर्ने क्रममा वादि र प्रतिवादिहरू दुवैले न्यायधिशलाई घुस दिएछन रे, बादिले गाइ अनि प्रतिबादिले चाहिँ परालको चकटि । फैसला गर्ने क्रममा मेरो परालको चकटि सम्झिनु भयो श्रीमान भनेर प्रतिवादिले भन्दा श्रिमानले भनेछन् रे'हेँ बाबु तिम्रो परालको चकटि त बादिले दिएको गाइले उहिले हो खाइसकेको । कतै त्यस्तै त भएन? चरम भ्राष्टाचारको पराकाष्ट हो यो सब ।