एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ ।
ठाकुरबाबा नगरपालिक २ मा बुधबारदेखि एक सय २१ जनालाई रोजगार प्रदान गरिएको हो । कार्यक्रम अन्तर्गत अति विपन्न परिवारलाई विकास निर्माणका काममा लगाइने नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिनुभयो ।
नौ वटै वडाबाट रोजगार प्रदान गरिएको र सबै वडामा काम सुरु भइसकेको नगरपालिकाले जनाएको छ । नगरपालिका २ सतघरुवा गाउँबाट नयाँ बाटो निर्माणको ट्र्याक खोल्ने र कुलो निकाल्ने कार्य शुभारम्भ भएको वडाध्यक्ष हरिराम थारुले बताउनुभयो ।
लकडाउन भएका बेला काममा आएका सबैलाई मास्क, ग्लोभ्स, स्यानिटाइजर प्रयोग गर्दै पाँच मिटरको सामाजिक दुरी कायम राखेर काममा लगाइएको छ ।कार्यक्रम अन्तर्गत सात सय ५० जनालाई रोजगारी दिने योजना रहेको नगरपालिकाका प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो । रोजगारीकाे लागि छनाेट भएकाहरुलाई सडक, विद्यालय, कुलो, वडा कार्यालयको भवन निर्माणलगायतका काममा खटाइने छ ।
कार्यक्रमकाे लागि नगरपालिकाले प्रत्येक वडाबाट ५० देखि एक सय ३५ जनालाई रोजगारमा लगाउन छनाेट गरेको जनाएको छ । नगरपालिकाका विभिन्न आयोजनामा काम गर्ने गरी प्रत्येक वडामा पाँच लाख रुपैयाँसम्मको योजना छनोट भएको बताइएको छ ।
आयोजनाकाे लागि सङ्घीय सरकारले ५४ लाख रुपैयाँ विनियोजन गरेको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामदारले दैनिक आठ घण्टा काम गर्नुपर्ने र कामबापत दैनिक पाँच सय १७ रुपैयाँ पाउनेछन् ।
यस आर्थिक वर्षमा कम्तीमा १५ देखि २० दिनसम्म रोजगार प्रदान गर्ने जनाइएको छ । यस वर्ष पनि नगरपालिकाको एउटा वडामा तीन सयदेखि नाै सय जनाले बेरोजगार फाराम भरेका थिए । यस वर्ष एक वडामा झण्डै पाँच लाख पर्ने गरी नगरपालिकाले ४५ लाख रकम छुट्याएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।