एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
पर्सा - वीरगञ्जमा उपचाररत व्यक्तिको निधन कोरोनाकै कारण भएको पुष्टि भएको छ ।
मेकिडल कलेज शिक्षण अस्पताल कोभिड रोग उपचारका प्रमुख डाक्टर असरफ अलीले ज्यान गुमाएका व्यक्तिको परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिनु भएको हो ।
बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ का ७० वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समसया आएपछि गएको २ गते उपचारका लागि बीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
उपचारको क्रममा उहाँको कोरोना भाइरसको सङ्क्रमण परीक्षणकालागि स्वाब संकलन भएको थियो । तर रिपोर्ट आउनु अघि नै उहाँको ज्यान गएको थियो । ज्यान गुमाएका व्यक्तिको थारु परम्परा अनुसार अन्तिम संस्कार भइसकेको छ ।
अन्तिम संस्कारपछि उहाँको रिपोर्ट आएको हो । उहाँको गएको ४ गते ज्यान गएको थियो । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।