एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ - यतिवेला सबैको ध्यान कोरोना महामारीतर्फ केन्द्रित छ । तर अहिले अन्य रोगको जोखिम पनि रहेको भन्दै सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । विशेषगरी फोहोर र बासी खाना तथा लामखुट्टेको टोकाइबाट लाग्ने रोगहरु देखा पर्न थालेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका फेमिली फिजिसियन डाक्टर विश्वराज दवाडीले बताउनुभयो ।
जाडो सकिएर गर्मी सुरु भएलगत्तै विभिन्न रोगको जोखिम बढेको छ । विशेषगरी डेङ्गी, मलेरिया र झाडापखालाका बिरामी अस्पताल आउने क्रम सुरु भएको डाक्टर दवाडीले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमणसँगै गर्मी मौसममा लाग्न सक्ने रोगतर्फ पनि ध्यान दिन उहाँले आग्रह गर्नुभयो । विश्वभरि कोरोनाकै मात्र चर्चा भइरहेकोले अहिले अरु रोग ओझेलमा परेका छन् । त्यसैले देखा पर्न थालेका विभिन्न रोगबारे सचेत हुन उहाँको सुझाव छ ।
डेङ्गी
डेङ्गी रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । खासगरी पानी जम्ने टीनका डब्बा, रङका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू, फुलदानी, गमला र पानीका ट्याङ्की आदिमा यसले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू धेरै हुने भएकाले यो लामखुट्टे सहरमा बढी पाइन्छ । एडिस नामक लामखुट्टेले विशेषगरी दिउँसोको समयमा टोक्ने गर्दछ ।
औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइन्छ । तर डेङ्गी सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । डेङ्गी रोग लाग्दा एक्कासि उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी र पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशीहरू दुख्ने, वाकवाकी लाग्ने र पेट दुख्नेलगायतका लक्षण देखा पर्छन् ।
मलेरिया
एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट मलेरिया सर्छ । यो परजीविबाट मानिसमा सर्छ । मलेरियाको परजीवि मानिसको शरीरमा प्रवेश गरेपछि कलेजो र राता रक्तकोषमा विकास भएर रगतको माध्यमबाट शरीरका विभिन्न भागमा फैलिन्छ । समयमै उपचार नभए ज्यानसमेत जान सक्छ । १० देखि १५ दिनसम्म ज्वरो आए, टाउको दुखे, वान्ता भए, जोर्नी दुखे, शरीरमा रगतको मात्रा कम भए र थकान महसुस भएमा मलेरिया भएको बुझ्नुपर्छ ।
झाडापखाला
झाडापखाला सामान्यतया गर्मी मौसममा फैलिने रोग हो । दिनको तीन पटक वा त्योभन्दा धेरै पानीजस्तो पातलो दिसा लाग्नु झाडापखाला हो । हाम्रो नाङ्गो आँखाले देख्न नसकिने जीवाणुबाट खाना र पानी सङ्क्रमित हुन्छ । त्यो खाना र पानी फोहोर हातको माध्यमबाट मानिसमा सर्छ र झाडापखाला लाग्छ । धेरै समयसम्म यसको उपचार नगरे ज्यानसमेत जान सक्छ ।
पटकपटक पानीजस्तो पातलो दिसा हुनु, वाकवाकी लाग्नु, बान्ता हुनु, पेट गड्याङगुडुङ गर्नु र दुख्नु, हातखुट्टा र मांसपेशी दुख्नु, बाउँडिनु र गल्नु, तिर्खा बढी लाग्नु, रिङ्गटा लाग्नु, कमजोरी महसुस हुनु र मुख सुख्खा हुनु झाडा पखालाका लक्षण हुन् ।
बढी जोखिममा बालबालिका, वृद्धवृद्धा
यी रोगहरु जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्ने भएपनि बालबालिका र वृद्धवृद्धामा यसको बढी जोखिम हुने डाक्टर दवाडी बताउनुहुन्छ । यस्तै सुत्केरी महिला र दीर्घ रोगीमा सामान्य मानिसभन्दा यी रोगको जोखिम बढी हुने गर्छ । त्यसैले यो मौसममा लामखुट्टेको टोकाइबाट हुने रोगहरुबाट बच्न खानपान र सरसफाइमा बढी ध्यान दिन आवश्यक छ ।
गर्मी मौसममा खाएको खाना राम्रोसँग पच्दैन र पकाएर अथवा काँच्चै राखिएका खानेकुरा पनि चाँडै कुहिने गर्छ । यस्ता खानेकुरा खाँदा स्वास्थ्यमा जोखिम बढ्छ । प्रतिरक्षा प्रणाली कमजोर भएका बालबालिका, वृद्धवृद्धा, सुत्केरी र दीर्घ रोगीमा यस्तो रोग लाग्ने सम्भावना धेरै भएको उहाँ बताउनुहुन्छ । त्यसैले बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाले बढी मात्रामा सावधानी अपनाउनुपर्ने हुन्छ ।
बच्ने उपाय
यी रोगबाट बच्ने मुख्य उपाय भनेकै खानपान र सरसफाइमा ध्यान दिनु र लामखुट्टेको टोकाइबाट बच्नु हो । सुत्दा झुलको प्रयोग गर्ने, झ्यालढोका राम्ररी बन्द गर्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने गर्नुपर्छ । यस्तै सफा र स्वस्थ खानेकुरा मात्रै खाने, बासी, सडेगलेका र झिँगा भन्किएका खानेकुरा नखाने, भाँडाकुँडा सफा राख्ने, सागसब्जी तथा फलफुल पखालेर मात्रै खाने गर्नुपर्छ । हल्का, खुकुलो र छरितो लुगा लगाउने, घाममा सकेसम्म नहिँड्ने, हिँड्नै परे चस्माको प्रयोग गर्ने, घाममा छाता ओडेर हिँड्ने र पानी धेरै पीउने गर्नुपर्छ । यस्तै एकै पटक धेरै खानेकुरा नखान पनि डाक्टर दवाडीले आग्रह गर्नुभयो ।
अहिले सडकमा धेरै गाडी गुडेका छैनन् । एम्बुलेन्सहरु पनि कम मात्रामा चलेका छन् । यस्तो अवस्थामा अस्पताल जान पनि समस्या छ । त्यसैले सकेसम्म रोग लाग्नै नदिनु उत्तम उपाय हो । यस्ता सावधानी अपनाउँदा अपनाउँदै पनि समस्या देखिए वा गार्हो महसुस भए डाक्टरसँग सल्लाह गरेर अस्पताल जानुपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।