एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका ८ मा विपन्न आवास अर्न्तगतको रकम जनप्रतिनिधि र कर्मचारीले लगेको भन्ने गुनासो आएपछि स्थानीय युवाहरुले वडा कार्यालयमा ताला लगाएका छन् ।
नगरपालिका ८ मा विपन्न आवास अर्न्तगतको एक/एक लाख रुपैयाँ जनप्रतिनिधि र कर्मचारीले लगेको भन्ने गुनासाे आएपछि स्थानीय युवाहरुले विरोध स्वरुप वडा कार्यालयमा ताला लगाएका हुन् ।
वडाका जनप्रतिनिधि र भेटेनरीका कर्मचारीले विपन्न वर्गका लागि छुट्याइएको विपन्न आवासको रकम लगेको खुलासा भएपछि स्थानीय युवाहरुले विरोध स्वरुप वडा नम्बर ८ को कार्यालयमा ताला लगाएको स्थानीय शेरबहादुर बोगटीले जानकारी दिनुभयो ।
नगरपालिकाले विपन्न आवासकाे लागि छुट्याएको रकम वडाका सम्बन्धितहरुलाई दिनुपर्ने ठाउँमा जनप्रतिनिधि र कर्मचारी आफैँले प्रयोग गरेकोमा स्थानियवासी आक्रोशित भएका छन् ।
विपन्न आवास निर्माणकाे लागि वडाध्यक्ष निमप्रसाद थारुको अध्यक्षतामा वडाका १२ जनाको नाम सिफारिस गरिएको जनाइएको छ । १२ जना विपन्न परिवारको घर निर्माणका लागि प्रति घरपरिवार एक लाख रुपैयाँ छुट्याइएको थियो ।
तर स्थानीय १० घरपरिवारको नाममात्रै वडाबाट सिफारिस गरिएको पाइएको स्थानीय युवा शेरबहादुर बोगटीको आरोप छ । '१० जनाको नाम मात्र सिफारिस गरिएको पाइएको छ । जनप्रतिनिधि र कर्मचारी गरी दुई जनाको सिफारिस गरिएको छ । यो कसरी भयो ?', उहाँले भन्नुभयो ।
वडा नम्बर ८ की महिला वडा सदस्य मोतीपुरा तिरुवा र भेटेनरी कर्मचारी गङ्गाकुमारी चौधरीले विपन्न आवास कार्यक्रम बापत एक/एक लाख रुपैँया लगेको स्थानीय युवाहरुले जनाएका छन् ।
विपन्न आवासको रकम लगेका जनप्रतिनिधि र कर्मचारीले राजीनामा दिनुपर्ने वा तत्काल रकम फिर्ता गर्नुपर्ने उनीहरुकाे माग छ । वडा कार्यालयमा लगाइएको ताला सहमतिमा खुलेको वडा सदस्य रत्नबहादुर आलेले जानकारी दिनुभयो । आलेका अनुसार जनप्रतिनिधि र कर्मचारीलाई विपन्न आवासकाे लागि रकम प्रदान गर्ने भनी छनौट गरी पहिलो किस्ता रकम उनीहरुले लगिसकेका छन् ।
ताला लगाएपछि बुधबार बेलुका भएको छलफलमा छानबिन गर्ने, जनप्रतिनिधि र कर्मचारीले लिएको रकम फिर्ता गराउने सहमतिमा वडामा लगाइएको ताला खुलेको वडा सदस्य आलेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।