एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
बारा – विश्रामपुर गाउँपालिका ५ का ३८ वर्षीय पुरुषमा मृत्युपछि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १६ नगवामा रहेको सामुदायिक प्रहरी कार्यालय नजिकै सडकमा ती पुरुष मङ्गलबार मृत भेटिएका थिए । त्यसपछि काेराेना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको पर्साका प्रहरी प्रवक्ता मनजीत कुवँरले बताउनुभयो ।
स्वाब परीक्षणपछि ती पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।
ती पुरुषकाे शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको र शव व्यवस्थापनका लागि नेपाली सेनालाई आग्रह गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।