एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
पर्सा – वीरगञ्ज महानगरपालिका १० रानीघाटका ४८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण ज्यान गएकाे छ । गण्डक बहुअरीमा रहेकाे वीरगञञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो सवा १ बजे ४८ वर्षीय पुरुषकाे ज्यान गएकाे हो ।
ती पुरुषमा मुटुसम्बन्धी रोगको समस्या थियो । गएकाे साउन ३१ गते नारायणी अस्पतालको आईसीयूमा भर्ना भएका ती पुरूषमा साउन ३२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि उनलाई नारायणी अस्पतालबाट वीरञ्जज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा लगिएको थियो ।
आईसीयूमा उपचाररत उनको स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेकाे थियो ।
योसँगै वीरगञ्जमा कोरोनाका कारण ज्यान गुमाउनेकाे सङ्ख्या ३४ पुगेको छ । साउनमा मात्रै २९ जनाको ज्यान गएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।