एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
पर्सा - पर्सामा एकैदिन थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गएराति ३ सय २० जनाको स्वाब परीक्षण गर्दा पर्साका मात्रै १ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
वीरगञ्जको लिंकरोडमा रहेको सामुदायिक रेडियो नारायणी एफएमका ५ जना सञ्चारकर्मी, नेशनल मेडिकल कलेजका ३ जना , भवानी अस्पताल र तराई हस्पिटलका १/१ गरी ५ जना डाक्टर र जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना थुनुवामा संक्रमण भेटिएको हो ।
यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर १ पिपराका १६ जना, वीरगञ्ज छपकैयाका १० जना, पर्साकै विन्दवासीनी गाउँपालिकाका ९ जना र पर्सागढी नगरपालिकाका ४ जनामा पनि संक्रमण पुष्टि भएको प्रयोगशालाले जानकारी दिएको छ ।
वीरगञ्ज सिर्सियामा रहेको सुख्खा बन्दरगाहका २ जनामा पनि संक्रमण भेटिएको छ । गएराति थप १ सय ४२ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या १ हजार ९ सय ३६ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।