कालीकोट पहिरोमा एकै परिवारका ४ सहित ८ जनाकाे ज्यान गयाे

 भदौ १४, २०७७ आइतबार १९:३३:३१ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – तिलागुफा नगरपालिका १ नाग्म बजारमा गएको पहिरोमा एकै परिवारका चारसहित आठ जनाको ज्यान गएको छ । 

पहिरोमा दुई महिनाको बालकको पनि ज्यान गएको छ । आइतबार बिहान कालीकोट र जुम्लाको सिमानामा रहेको नाग्म बजारमा गएको पहिरोमा नाग्म बजारमा व्यपार व्यवसाय गर्ने शुभकालिका गाउँपालिका ७ का ४० वर्षीय परेक शाही, उहाँका पाँच वर्षीय छोरा निराजन, दुई महिने छोरा अक्कल र ७ वर्षीया छोरी हिमाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख, डीएसपी श्यामबाबु ओलीयाले जानकारी दिनुभयो । 

यस्तै तिलागुफा नगरपालिका १ का ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीया थाइला भेरिकार र १० वर्षीय गजेन्द्र भेरिकारको ज्यान गएको छ । 

पहिरोमा परेका पुन्या शाही र अर्जुन हमालको उद्धार गरिएको छ । उहाँहूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । 

पहिरोमा अझै चार जना हराइरहेका छन् । उनीहरुको साेमबार बिहानदेखि फेरि खोजी गरिने प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया