एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
स्याङ्जा - पोखरा औद्योगिक क्षेत्रका कामदार र स्वास्थ्य कर्मचारीसहित गण्डकी प्रदेशमा ६७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
पोखरामा सङ्क्रमण पुष्टि भएका ३१ जनामध्ये पोखरा औद्योगिक क्षेत्रको पोखरा फुड्स प्रालिका २५ जना कामदार रहेका छन् । यस्तै पश्चिमाञ्चल सामुदायिक अस्पतालका २ जना स्टाफ नर्ससहित ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
नवलपुरको देउचुली नगरपालिकामा एक स्वास्थ्यकर्मीसहित १५ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यसैगरी गोरखा र पालुङटार नगरपालिकामा थप १८ जना कोरोना सङ्क्रमित थपिएका छन् । तनहुँको व्यास नगरपालिकामा पनि थप ३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशमा थपिएका सबै नयाँ सङ्क्रमित कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गरिएका व्यक्ति भएको प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिनुभयो । योसँगै सोमबार बिहानसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या दुई हजार पाँच सय ९८ जना पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।