एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
बर्दिया – कोरोना भाइरसका कारण देशभरका पर्यटकीय क्षेत्र सुनसान छन् । कोरोनाकै कारण यति बेला बर्दिया निकुञ्जभित्र पनि पर्यटकीय गतिविधि ठप्प छ । बर्दिया निकुञ्ज क्षेत्र आसपास सुनसान छ । यही मौका छोपेर बर्दिया निकुञ्जमा वन्यजन्तु तस्करहरु सलबलाउन थालेका छन् ।
एक हप्ताअघि बर्दिया निकुञ्जभित्र तस्करले थापेको पासोमा पाटे बाघ परेपछि निकुञ्जमा सुरक्षा चुनाैती बढेकाे हाे । निकुञ्जभित्रको लमकोहली फाँटा क्षेत्रमा तस्करले चित्तलका लागि थापेको पासोमा पर्दा अर्ध वयस्क पाटे बाघ मरेकाे अवस्थामा फेला परेको थियो । पासोमा परेको बाघ फेला पर्दा सडिसकेको थियो ।
निकुञ्जका अनुसार मृत बाघ फेला परेको ठाउँ निकुञ्जको मुख्यालयबाट झण्डै १० किलोमिटर टाढा पर्छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको सुरक्षा पोस्ट झण्डै तीन किलोमिटरको दुरीमा पर्छ । बाघ पासोमा परेर सड्ने अवस्थासम्म पुग्दा निकुञ्ज प्रशासन र सेनाले थाहा नै पाएन । जब थाहा पाए तबसम्म बाघ सडेर गन्हाउने भइसकेको थियो ।
पासोमा परेर पाटे बाघ मरेपछि निकुञ्ज प्रशासन ठूलो क्षति भएको भन्दै चित्त दुखाइ गरिरहेको छ । बाघलाई पासोमा पार्ने समूहकाे खोजी भइरहेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जको सुरक्षार्थ निकुञ्जभित्र नेपाली सेनाको ३५ र निकुञ्ज कर्मचारीको ३१ वटा सुरक्षा पोस्ट छन् । बाघलाई पासोमा पारेको घटनाले बर्दिया निकुञ्जभित्र तस्करहरुको चहलपहल बढेको तथ्य प्रष्ट भएको संरक्षणकर्मीहरु बताउँछन् ।
पासोमा परि बाघ मरेको घटनाले निकुञ्ज सुरक्षामा थप चुनौती थपिएको निकुञ्ज प्रशासनले जनाएको छ । गएकाे चैतमा लकडाउन भएदेखि निकुञ्जमा वन्यजन्तुका तस्करहरु सक्रिय हुन थालेपछि निकुञ्जले पनि सुरक्षा सतर्कता पनि बढाएको जनाएको छ । तस्करी रोक्न निकुञ्ज प्रशासनले अहिले सेना र निकुञ्जका कर्मचारी परिचालन गरी निकुञ्ज भित्र स्वीप अपरेशन, पट्रोलिङ, एम्बुसिङ र क्यामेरा ट्र्यापिङ जस्ता कार्यलाई प्रभावकारी ढङ्गले अघि बढाएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।
कोरोनाका कारण कामका लागि बाहिर गएका व्यक्ति पनि घर आएका छन् । तिनीहरुमध्ये केही व्यक्ति नराम्रो गतिविधिमा लागेको निकुञ्जको आशङ्का छ । वन्यजन्तुको चोरी सिकारको आरोपमा फरार रहेका व्यक्तिहरु पनि गाउँ आएको हुँदा तिनैबाट वन्यजन्तुको सुरक्षामा चुनौती थपिएको हुन सक्ने भएकाले त्यस्ता व्यक्तिहरुको निगरानी बढाएको निकुञ्जको भनाइ छ ।
देशभर लकडाउन सुरु भएयता वनका सामग्री र वन्यजन्तु तस्करीमा संलग्न झण्डै सात सय जनाभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको निकुञ्जले जनाएको छ । पक्राउ परेकामध्ये एक सय ५० भन्दा बढीलाई विभिन्न कसुरमा मुद्दा चलाइएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयो ।
वन्यजन्तुको तस्करी हुन नदिन निकुञ्जले सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाएको र चोरी सिकार, निकुञ्ज छेउमा बनाइएका सिँचाइका संरचना र राजमार्गमा वन्यजन्तु दुर्घटनामा पर्नु वन्यजन्तु सुरक्षाका चुनौती रहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयो । निकुञ्जभित्र अति संवेदनशील क्षेत्रमा क्यामेरा पनि जडान गरिएका छन् । निकुञ्जको क्षेत्रभित्र पर्ने राजमार्गमा पनि ठाउँ–ठाउँमा क्यामेरा जडान गरेर वन्यजन्तु र तस्करहरुको निगरानी गरिरहेको निकुञ्जले जनाएको छ ।
वन तथा वन्यजन्तुको तस्करी रोक्न सेनाको गण र पोस्टबाट नियमित रुपमा पट्रोलिङ (गस्ती) र स्वीप अपरेशन हुने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । लकडाउनको बेला समुदायस्तरको काम रोकिएको र कार्यालयमा पनि काम धेरै नहुने भएकाले अधिकांश कर्मचारीलाई निकुञ्जको गस्तीमै परिचालन गरिएको बताइएको छ ।
निकुञ्जमा पर्यटक छैनन् । जङ्गल सफारी पनि बन्द छ । निकुञ्ज सुनसान भएकाले वन्यजन्तुहरु अरु बेलाको तुलनामा बढी सक्रिय देखिन्छन् । यसैको मौका छोपेर तस्करहरु सलबलाउन थालेपछि सुरक्षामा पनि विशेष योजना बनाएर अघि बढेको निकुञ्जको भनाइ छ ।
‘वन र वन्यजन्तुको तस्करी रोक्न हामी निकै संवेदनशील भएर लागेको छौँ । वन्यजन्तु जोगाउने सुरक्षा चुनौती त छ, यसलाई रोक्न विशेष योजनाका साथ निकुञ्ज प्रशासन अघि बढेको छ’, निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।