परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
हवाइ कम्पनीका एक कामदारले यात्रुविहीन एक विमान चोरेर भागेका छन् ।
त्यो विमान चोरले चोरेर भागेको केही समयपछि दुर्घटना भएको छ । शुक्रबार अमेरिकाको सियाटल टाकोमा अन्तर्राष्ट्रिय एयरपोर्टबाट एक हवाइ कम्पनीका कामदारले चोरेको यात्रुरहित विमान नजिकैको आइल्याण्डमा दुर्घटना भएको थियो । उक्त विमान ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ ।
सामाजिक सञ्जालमा त्यो विमान दुर्घटनाको भिडियो फुटेजहरु पोष्ट गरिएका छन् । विमानस्थलबाट चोरले विमान चोरेर भागेपछि एफ–१५ लडाकू विमानले त्यसलाई पछ्याएको थियो । चोरले त्यो विमान अनौठो तरिकाले उडाएको अधिकारहिरुले जनाएका छन् । उडेको केही समयपछि त्यो विमान दुर्घटनामा परेको थियो ।
More video of the stolen Q400 as it flew around the Seattle area. pic.twitter.com/Mzpuo4lvC2
— Strategic Sentinel (@StratSentinel) August 11, 2018
अधिकारीहरुले त्यो घटना आतंककारीले नघटाएकाे बताएका छन् । विमान चोर्ने व्यक्ति सियाटल टाकोमा अन्तर्राष्ट्रिय विमानस्थलको स्थानीय २९ वर्षको कामदार भएको बताइएको छ । एयर ट्राफिक कन्ट्रोलरले त्यो विमान दुर्घटना हुनुभन्दा अगाडि विमान उडाउने व्यक्तिलाई सुरक्षित विमान ल्याण्डिङ गर्न प्रोत्साहित गरेको बताएका छन् । द सियाटल टाइम्सले विमान चोर्ने व्यक्तिले लापरवाही र जंगली व्यवहार तथा चरित्र देखाएको उल्लेख गरेको छ ।
The aircraft is definitely down just west of @SeaTacAirport. Absolutely no confirmation on how it crashed. It also may have been a Q400 from Horizon Air instead of Alaska Air, details are extremely sparse at the moment, we apologize for any mistakes.
— Strategic Sentinel (@StratSentinel) August 11, 2018
आलास्का एयरलाइन्सको होराइजन क्यू ४०० नामको त्यो विमान केट्रोन आइल्याण्डमा दुर्घटना भएको बीबीसीले उल्लेख गरेको छ । अडियो रेकर्डिङमा त्यो विमान चोर्ने व्यक्ति ‘प्लेनमा कति इन्धन छ’ रहेको भन्ने विषयमा चिन्तित रहेको बीबीसीले उल्लेख गरेको छ ।
Apparently someone stole a plane from SeaTac? Saw two fighter jets fly overhead then smoke pic.twitter.com/w0bveGUJQH
— McKenna Brown (@mckenna_brown) August 11, 2018
रेकर्डिङबाट प्राप्त जानकारी अनुसार विमान चोरेर उडाउने ती व्यक्तिले आफैंले त्यो विमान ल्याण्ड गर्ने एयर ट्राफिक कन्टोलरलाई बताएका थिए । उनले आफूले विमान ल्याण्ड गर्ने तरिका केही भिडियो खेलहरुबाट सिकेको बताएका थिए । ती चालकले वासिङ्टन राज्यको ओलम्पिक पहाडमा पुग्न सकिने नसकिनेबारे विमानबाट दृश्यहरु हेरेको बीबीसीले उल्लेख गरेको छ ।
त्यो विमान चोरेर चलाउने ती व्यक्तिले आलास्का एयरलाइन्सले आफूले सुरक्षित अवतरण गरेपछि जागिर दिन्छ वा दिँदैन भन्ने चिन्ता जनाएको बीबीसीले उल्लेख गरेको छ । विमान खसेको ठाउँका एक स्थानीयले विमान खस्दा आफूहरु पूरै त्रसित भएको बताएका थिए ।
Video of the stolen Q400 out of @SeaTacAirport being chased by an F-15 pic.twitter.com/L2RhTJnpga
— Strategic Sentinel (@StratSentinel) August 11, 2018
नजिकै प्रहरी चाैकी रहेकोले प्रहरी अधिकारीहरुले त्यो प्लेन चालकसँग सम्पर्क गर्न खोजेको र केही समयपछि विमान दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् । हवाइ कम्पनीको फिल्डमा काम गर्ने ती कामदारमा विमान चलाउने सीप नहुँदा विमान दुर्घटना हुनबाट जोगाउन नसकिएको अधिकारीहरुले स्पष्ट पारेका छन् ।
आलास्का एयरलाइन्सका प्रवक्ताले त्यो विमान चोर्नुभन्दा अगाडि साबुत भएको र त्यो उडानको ‘क्यू’ मा नरहेको बताएका छन् । उडिरहेका र उड्नै लागेका विमानहरु ल्याण्ड गर्दै विमान चालकहरुले ट्वीट गरेका छन्, ‘त्यो घटना घटेपछि तिनीहरुको विमान रन वे को बीचमा नै रोकिएको थियो ।’
त्यो विमान दुईवटा इञ्जिन भएको विमान रहेको अधिकारीहरुले बताएका छन् । त्यो विमानले अमेरिकाको पश्चिमी क्षेत्रतिर छोटो दूरीको उडान गर्ने गरेको थियो । विमान दुर्घटना भएको आइल्याण्डमा १२ जनाको घर भएको बताइएको छ ।
#UPDATE: Local air radio saying firefighting helicopters have been dispatched to Ketron island where a small fire is currently burning after the stolen Q400 crashed on the south end.
— Strategic Sentinel (@StratSentinel) August 11, 2018
लडाकू विमान त्यो विमान दुर्घटना हुने वितिक्कै घटनास्थलमा पुगेको भए पनि दुर्घटनामा अन्य क्षतिबारे कुनै जानकारी आएको छैन । अधिकारीहरुका अनुसार त्यो विमानमा कर्मचारी र अरु कुनै यात्रुहरु रहेका थिएनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।