नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेकोले स्वास्थ्य मापदण्ड पालना गरेर काठमाण्डाै टेकुमा रहेको पचली भैरव जात्रा सम्पन्न भएको छ।
हरेक वर्ष असोज शुक्ल पञ्चमीका दिन मध्यरातसम्म सञ्चालन हुने जात्रा यसवर्षका कोरोनाका कारण दिउँसो नै गरिएको हो ।
जात्राको क्रममा बुधबार दिउँसो पचली भैरवको आकृतिसहितको सुनको घ्याम्पो, अजिमा र रुद्र विनायक नायखी गणेशलाई टेकुबाट लगन, ज्याबहाल, जैसी देगल, चिकंमुगल, हनुमाढोका परिक्रमा गराइएको थियोे । त्यस्तै परम्परा अनुसार जीवित देवी कुमारीलाईे भैरवको दर्शन गराइएको थियो ।
यसवर्षको जात्रामा पीपीई, मास्क, फेसशिल्ड लगाएका भक्तजनहरुले देवताको खट बोकेका थिए । हनुमानढोकामा बली दिएपछि देवदेवीलाई आ-आफ्नो ठाउँमा फर्काएपछि यसवर्षको पचली जात्रा सकिएको हो । आजको जात्राका लागि हिजो मंगलबार पचली भैरवसहितको घ्याम्पोलाई भीमसेनस्थानबाट पचलीमा लगिएको थियो भने विशेष पूजासहित होम गरिएको थियो ।
उपत्यकाका जात्राहरुमध्ये दशैँको समयमा हुने पचली भैरवको जात्रालाई महत्वपूर्ण जात्राको रुपमा लिइन्छ ।
(फोटोः राकेश खड्गी)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।