एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से बुधबार झण्डै ४० अङ्कले घटेको छ । जलविद्युत् बाहेक अरु सबैजसो समूहको शेयर ओरालो लागेपछि नेप्से ३९ दशमलव ६ अङ्कले घटेर १९ सय ५५ दशमलव ७५ विन्दुमा पुगेकाे छ ।
बुधबार जीवन बीमा समूहको शेयर २ सय ७० अङ्कले, निर्जीवन बीमा कम्पनीको १ सय २५ अङ्कले, व्यापारको ९९, उत्पादनको ९८, होटलको ५९, अन्यको ४६ र बैंकिङ समूहको शेयर ३० अङ्कले घटेको छ । बुधबार दुई सय एक कम्पनीका एक करोड आठ लाख २१ हजार कित्ता शेयर चार अर्ब ७४ करोड ५६ लाख रुपैयाँमा किनबेच भए । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ४२ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बुधबार अरुण भ्याली हाइड्रो र हिमालय ऊर्जा विकास कम्पनीका लगानीकर्ताले पाँच प्रतिशतभन्दा धेरै गुमाएका छन् । तर समग्र बजार घटे पनि नारायणी विकास बैंक र साञ्जेन जलविद्युत् कम्पनीका लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।