परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
मानिसहरु शताब्दी आघिदेखि नै व्यापारको लागि पैसाको प्रयोग गर्दै आइरहेका छन् । एक समय थियो महंगो रत्नमा व्यापार व्यवसाय हुने गर्थ्याे । मानिसहरु हिरा, मोति, मणि आदी रत्नहरुको प्रयोग गरेर सामान किनबेच गर्थे । त्यसपछि सिक्काहरुको प्रयोग हुन थाल्यो । चाँदी, तामा, काँस, पित्तल आदीबाट बनेको सिक्काको प्रयोग विश्वभर हुन थाल्यो ।
भारतमा एक पटक मुगल सम्राट हुमायूनको जीवन एक पानी पिउने व्यक्तिले बचाए । हुमायूनले उनलाई एक दिन राजा बनाए । त्यसपछि उनले भारतमा छालाको पैसा पनि प्रयोगमा ल्याएका थिए ।
सिक्काहरुको प्रयोगसँगै नोट पैसाको पनि प्रचलन आयो । सबैभन्दा पहिले नोट पैसा चीनमा प्रयोगमा आएको थियो ।
औद्योगिक क्रान्ति पछि युरोपको औपनिवेशिक शक्तिका लागि मुद्रा नोटहरू धेरै बढ्न थाले । तर के तपाईंले कहिल्यै पैसाको रूपमा ढुंगाको बारेमा थाहा पाउनुभएको छ ?
आज हामी तपाईँलाई यस्तो ठाउँको बारेमा जानकारी गराउँछौँ, जहाँको पैसा ढुंगा हो ।
प्रशान्त महासागरको माइक्रोनेसिया क्षेत्रमा ढुंगाको पैसा चल्छ । यो क्षेत्रमा एउटा यप नामक द्वीप छ । यो क्षेत्रमा जम्मा ११ हजार मानिसमात्र बसोबास गर्छन् ।
११ औँ शताब्दीमा मिश्रका एक राजाले पनि यो द्वीप र ढुंगाको पैसाको बारेमा उल्लेख गरेका छन् । त्यसै गरी, प्रसिद्ध यूरोपीयन यात्री मार्को पोलोले पनि १३ औँ शताब्दीमा लिखित पुस्तकमा यो द्वीप र यपमा चल्ने पैसाको बारेमा पुस्तकको बारेमा उल्लेख गरेको छन् ।
यो क्षेत्रमा जानको लागि घना जंगल र दलदल पार गर्नुपर्ने हुन्छ । यहाँका लागि मात्र एउटा फ्लाइट छ जसबाट यपको सानो विमानस्थलसम्म जान सकिन्छ ।
विमानस्थलबाट बाहिर जानासाथ यहाँ साना ठूला ढुंगा देखिन थाल्छ । यो ढुंगाको बीचमा प्वाल हुन्छ । जसले गर्दा यसलाई बोकेर यताउता लैजान सजिलो हुन्छ । पुरै द्वीपमा यस प्रकारको ढुंगा भेटिन्छ ।
यहाँ ढुंगाको यस प्रकारको पैसा पहिलेदेखि नै प्रचलनमा छ । यहाँ यस प्रकारको चलन कसले चलायो भन्ने बारेमा अहिलेसम्म पनि कसैलाई थाहा छैन ।
स्थानीयका अनुसार आजभन्दा सयौँ वर्ष अगाडि यो यपका बासिन्दा डुंगाबाट चार सय किलोमिटर टाढा पलाउ द्वीपमा जाने गर्दथे । उनीहरुले त्यहाँको ढुंगा काटेर यहाँ ल्याउने गर्दथे । यसै ढुंगा पछि पैसाको रुपमा प्रयोग हुन थालेको थियो । यपका बासिन्दाहरुले त्यो ढुंगालाई भिन्न–भिन्न तरिकाले काटेर ल्याउने गर्दथे ।
हतियारको विकास भइसकेपछि उनीहरुले भिन्न–भिन्न तरिकाले ढुंगा काटेर ल्याउन थाले । उन्नाइसौँ शताब्दीमा यपलाई स्पेनले कब्जा गर्यो त्यतिबेला पनि यहाँ त्यही ढुंगाबाट कारोबार हुन्थ्यो ।
पलाउ द्वीपमा जाने मानिसहरुले आफ्नो साथमा ल्याएको ढुंगा त्यहाँका राजालाई दिन्थे । फेरी त्यही ढुंगा राजाले आफ्नो वा आफ्नो परिवारका सदस्य कसैको नाम राखेर उनीहरुलाई नै फिर्ता गर्थे । पाँचवटा ढुंगामध्ये दुईवटा आफैँ राख्थे र अन्य तनवटा ल्याउनेलाई नै दिन्थे ।
आज यो हरेक ढुंगाको इतिहास छ । यससँग सम्बन्धित विविध रमाइला कथाहरु पनि छन् । अहिले यो ढुंगाको पैसा अहिले सामान किनबेचमा प्रयोग हुँदैनन् । अहिले पनि यो ढुंगालाई समाजमा विवाह सम्बन्ध बलियो बनाउनका लागि दिने गरेका छन् । ढुंगाको यो सिक्काको आकार ७ सेन्टिमिटरदेखि ३.६ मिटर सम्मको हुन्छ ।
यो सिक्काको मूल्य यो के प्रयोजनका लागि प्रयोग भैरहेको छ भन्नेमा निर्भर रहन्छ । अहिले यी ढुंगाको सिक्कालाई संग्राहालयमा राखिएको छ । यो पैसा कुन गाउँको हो । कुन परिवारसँग सम्बन्धित छ यसको इतिहास जिवित राख्नका लागि टुटेफुटेको पैसा पनि संग्राहालयमा राखिएको हो ।
अहिले पनि केही नयाँ ढुंगाहरु पाइने गर्दछ । तर यस प्रकारको ढुंगा यो ठाउँमा निकै कम मात्रामा रहेको छ । यो ढुंगाको सिक्का अन्य पैसाको तुलनामा चोरी हुने सम्भावना निकै कम मात्रामा रहन्छ । यो ढुंगाको बारेमा सबैलाई थाहा भैसकेको छ । यसलाई चोरेर पनि कसले कहाँ लैजान सक्छ र ?
–बीबीसी ट्राभलबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।