एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
केही दिनयता कोरोनाको सक्रिय सङ्क्रमितको संख्या घट्दै गएको छ । कोरोना निको हुनेको संख्या बढ्दै जानुको ठ्याक्कै कारण भन्न गाह्रो छ । तर हाम्रै प्रयासका कारण घटेको अवश्य पनि हो ।
पछिल्लो समय हामीले कोरोनाको जोखिम बुझ्दै गयौँ । त्यही अनुसारको सुरक्षा सावधानी अपनाएका छौँ । सङ्क्रमितलाई चाँडो पहिचान गर्ने, सबैलाई शंकाको घेरामा राखेर जनस्वास्थ्यको मापदण्ड पालना गरेकाले पनि कोरोना नियन्त्रणमा उल्लेखनीय काम भैरहेको छ ।
मृत्युदर भने पहिलाको तुलनामा बढेको छ । वृद्धवृद्धा र दीर्घरोगीमा पनि कोरोना सङ्क्रमण भएकाले पछिल्लो समय मृत्युदर बढेको हो । युवा वर्ग अर्थात् कामका लागि घरबाट बाहिर निस्कने वर्गमा सङ्क्रमण भइसकेर कम भएको छ । अहिले बालबालिका र जेष्ठ नागरिकमा सङ्क्रमण बढेकाले मृत्युदर पनि बढेको हुन सक्छ । सघन उपचारमा जानेको संख्या पनि बढेको छ ।
तर सङ्क्रमितको संख्या कम भएको छ । कोरोना सङ्क्रमितको संख्या कम हुँदै जानु भन्नुको अर्थ कोरोनाको जोखिम टर्यो भनेर बुझ्नु हुँदैन । विश्वका धेरै देशमा सङ्क्रमणको एउटा चरणमा आइसकेपछि फेरि पनि ठूलो लहर आएको उदाहरण छ । र त्यो पहिला भन्दा खराब अवस्थामा पुगेको पनि पाइएको छ ।
अहिले जाडो मौसम छ । जाडो समयमा मानिसहरु एक अर्काको नजिकै बस्न खोज्छन् । नजिकै बसेर आगो ताप्ने, भेन्टिलेसन कम भएको ठाउँमा बस्ने जस्ता व्यवहारले सङ्क्रमण बढाउन सक्छ । सङ्क्रमण पुष्टि भएको एकजना व्यक्ति मात्रै हाम्रो माझमा भएमा जोखिम हुन्छ ।
अहिले नै सङ्क्रमणको राम्रो अवस्थामा आइसक्यौँ भन्ने निष्कर्ष हामीले निकाल्यौँ भने त्यो घातक हुन सक्छ । निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ । सुखद तथ्याङ्कहरु पनि देखिन थालेका छन् । त्यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ । तर सघन उपचारमा हुनेहरुको संख्या बढ्नु अथवा ज्यान गुमाउनेको संख्या बढिरहनुको अर्थ हामी अझै पनि जोखिममा छौँ भन्ने हो ।
पछिल्लो समय सर्वसाधारणको व्यवहारमा निकै परिवर्तन आएको छ । जस्तै मास्क नलगाइ बाहिर नजाने, भौतिक दूरी कायम गर्ने तथा सरसफाइमा ध्यान दिने । सर्वसाधारणमा आएको यस्ता परिवर्तनले कोरोना नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
कोरोना सङ्क्रमित भएर गम्भीर लक्षणा देखिएका व्यक्तिहरु घरमा बस्नु हुँदैन । लक्षण नभएका व्यक्तिहरु पनि स्वास्थ्यकर्मीको निगरानीमा बस्नुपर्छ । बस्दा अनिवार्य पालिकालाई जानकारी गराउनुपर्छ । सरकारले पनि बारम्बार यो कुरा अनुरोध गर्दै आएको छ ।
लक्षण भएका व्यक्तिमा एक्कासी समस्या आउन सक्छ । ठूलो जोखिम हुन सक्छ । समस्या हुँदा स्वास्थ्यकर्मीको सम्पर्कमा आउन नसक्दा जीवनकै ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ । पोहोर, परार जस्तै गरेर विवाह, भोज लगायतका सामूहिक काम गर्न सक्ने अवस्था अहिले आइसकेको छैन । अहिले पनि हामी कोरोनाको एकदमै जोखिममा छौँ । त्यसैले पोहोर, परारको जस्तै गरी कार्यक्रम नगरौँ, नगराऔँ ।
आफ्नै परिवारका सदस्यमा सीमित भएर कार्यक्रम गरौँ । जोखिम टर्दै गएपछि, कोरोनाको खोप उपलब्ध हुन थालेपछि भने गएका वर्षहरुमा जस्तै गरी काम गर्न सकिन्छ । कोरोनाको सङ्क्रमण सकिएको छैन । सकिएको बुझिएर त्यहीअनुसारको काम गरिएको छ भने त्यो गलत हो । २५ जनाभन्दा धेरै भेला भएमा कारबाही गर्ने भनेर सरकारले भनेको कुरामा पनि ख्याल गरौँ । स्वास्थ्य मापदण्डको पालना गरौंँ।
(स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीसँग कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
डा. समिर अधिकारी स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता हुनुहुन्छ ।