दुर्घटना बढ्न थालेपछि कोटेश्वर-कलंकी क्षेत्रमा सडकबत्ती जडान

 पुष २४, २०७७ शुक्रबार ८:१०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न संघ संस्थाको समन्वयमा सडकबत्ती राख्न थालेको छ ।

कोटेश्वर र कलंकी क्षेत्रमा दुर्घटनाको जोखिम बढेकाले सडकबत्ती राख्न थालिएको महाशाखाले जनाएको छ । 

विशेषगरी रातको समयमा सडकबत्तीको अभावले अँध्यारोको कारण जेब्राक्रसिङबाट तथा जथाभाबी बाटो काट्ने क्रममा दुर्घटनाको जोखिम उच्च हुने गर्छ ।

महाशाखाले विभिन्न संघ संस्थाहरुसँग समन्वय गरेर त्यस्ता ठाउँहरुमा स्ट्रिट लाइट जडान गर्न थालेको हो । साथै तीव्र गतिका कारण हुने दुर्घटना न्यूनीकरण गर्न रातको समयमा समेत टल्किने ट्राफिक कोणबाट स्पीड ब्रेकर बनाएर गति नियन्त्रण गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो । 

जाडो मौसम सुरु भएसँगै केही समययता दुर्घटनाको जोखिम बढेको र बढी दुर्घटना हुन सक्ने ठाउँहरुको पहिचान गरेर त्यस्ता ठाउँहरुमा ट्राफिक महाशाखाले स्थानीय संघ संस्था तथा समाजसेवीहरुसँग समन्वय गरेर सडक बत्ती जडान र टल्किने ट्राफिक कोण राख्न सुरु गरिएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

कोटेश्वर खण्डको बीएण्डबी अगाडि, स्टार अस्पताल अगाडि, सानेपा, बल्खु सुमो पार्क, खसी बजार, सीता पेट्रोल पम्प, भालेश्वर अटो वर्कसप र  कलंकीलगायतका ठाउँहरुमा  सडकबत्ती जडान गरिएको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • faustujyaqvcd

    Jan. 20, 2021, 9:17 p.m.

    text

  •  0 Reply

तपाईको प्रतिक्रिया