एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
म आफैँ पनि वैदेशिक रोजगारीमा जाँदा मुम्बई हुँदै गएको हुँ । त्यो बेलामा मलाई केही पनि थाहा थिएन । विमानस्थलबाट कम्पनीमा कसरी जाने, को लिन आउँछ, मानिस लिन आउँछन् कि आउदैंनन् जस्ता सामान्य कुरा पनि थाहा थिएन । यी कुरा थाहा नहुँदा पनि निकै समस्या हुने रहेछ । त्यो म आफैँले पनि भोगेको छु । त्यसैले पनि यस्ता समस्या वैदेशिक रोजगारीमा जाने श्रमिकले भोग्न नपरोस् भनेर अहिले अभिमुखीकरण तालिमले यस्ता कुरा समेटेको छ ।
पूर्व प्रस्थान भन्ने बित्तिकै शब्दले नै भन्छ कि वैदेशिक रोजगारीमा जानुअघि हरेक नेपाली कामदारले लिनुपर्ने एउटा तालिम हो । यो तालिममा विदेश जाने प्रक्रियादेखि विदेश पुगेपछि के के गर्नुपर्छ भन्ने जानकारीहरू पाइन्छ ।
तर हाम्रोमा विदेश जान झोला बोकेर काठमाण्डौ आइसकेपछि यसो सिकौँ न त भन्ने परिपाटी छ ।
तर यो तालिम त विदेश जान झोला बोकेर हिँड्ने बेलामा भन्दा पनि वैदेशिक रोजगारीमा जाने बारेमा सोचेर पासपोर्ट बनाएपछि लिन आवश्यक छ । यदि कोही मानिस म विदेश जान्छु भनेर सोच्दै छ भने उसले त आफू जाने देश, गर्नुपर्ने काम लगायत सम्पूर्ण कुराको जानकारी लिन आवश्यक छ । यो जानकारी पासपोर्ट म्यानपावरलाई बुझाउनु अघि नै लियो भने न सहज हुन्छ ।
त्यसैले यसलाई वैदेशिक जाने मानिसले पनि अलिक गम्भीर रूपमा लिन आवश्यक छ । हतार मानसिकतामा भन्दा पनि तयारीसहित यो तालिम लिनुपर्छ । कतिपय यो तालिम लिनेहरू मानसिक रूपमा तयार नभएको देखियो । त्यसले श्रमिकलाई नै घाटा हुन्छ ।
यदि कोही मानिस विदेश जान्छु भनेर पासपोर्ट बनाउँछ भने उसले त्यो बेला नै अभिमुखीकरण तालिम लियो भने उसले सुरक्षित रूपमा वैदेशिक रोजगारीमा जाने अवसर पाउन सक्छ ।
अहिले विदेश जाने बेलामा तालिम लिन आएका व्यक्तिले यो तालिम लिएपछि ला मैले त यसो पो गरेछु भन्ने गरेको पाइन्छ । वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका व्यक्तिहरूले सारा कुरा गरिसकेपछि यो तालिम दिइन्छ । तर कतिपय यो तालिममा सिकाइने विषयवस्तु नै यस्ता छन् जुन चाहिँ पहिले नै जान्नुपर्ने छन् ।
त्यसैले यो तालिम चाहिँ जानुभन्दा अघि नै लियो भने राम्रो हुन्छ जस्तो लाग्छ मलाई । अहिलेको पाठ्यक्रमले देश अनुसार पनि सूचनाहरू समेटेको छ । देश अनुसारको सूचना पनि श्रमिकले पहिले नै पायो भने अझ राम्रो हुन्छ । जो मानिस जुन देशमा जाँदै छ त्यही अनुसारको जानकारीहरू दिन सकिन्छ ।
तालिममा विदेश कसरी जाने, त्यहाँ पुगेपछि के के गर्ने, श्रमिकलाई हुने व्यवहार के हुन ? उनीहरूका अधिकार के हुन, उनीहरूका दायित्वहरु के हुन, कुन क्षेत्रमा काम गर्दा खेरी कसरी काम गर्ने, विमानस्थलबाट कसरी जाने, विदेश पुगेपछि समस्या भयो भने के गर्नेजस्ता सबै कुराहरु मेटिएको हुन्छ । एउटा झोला बोकेर जानु र जहाज चढ्नु मात्र सबै कुरा होइन । आफू जाने देश, त्यहाँ गर्नुपर्ने काम, कानुन भाषा संस्कृति लगायतका कुरा पनि सिक्न जरुरी छ र यो कुरा तालिममा सिकाइन्छ ।
तपाईँ नयाँ अर्थात् पहिलो पटक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने त झनै यो जान्न एकदमै महत्त्वपूर्ण छ ।
पहिलो कुरा त यो तालिम लिएर गएपछि कम्पनीमा कसरी जाने, को लिन आउँछ लगायतका सबै कुरा थाहा हुन्छ । कोसँग सम्पर्क गर्ने, समस्या प¥यो भने कहाँ सम्पर्क गर्नेजस्ता सबै कुरा थाहा हुन्छ । यसमा मनोसामाजिक परामर्शको कुरा पनि समेटिएको छ, परिवारसँग कसरी सम्पर्क गर्ने भन्ने कुरा पनि समावेश छ ।
नेपाली श्रमिकहरूको विभिन्न खाले समस्याहरू छन् परदेशमा । त्यस कारण पनि यो तालिमले एउटा पुलको रूपमा काम गर्छ । श्रमिकलाई पनि अलिकति आत्मविश्वास हुन्छ । मैले यति कुरा सिकेर गएपछि मेरो वैदेशिक रोजगारी सुरक्षित हुन्छ भन्नेमा तपाईँ ढुक्क हुन सक्नुहुन्छ ।
जुन विषयवस्तु अभिमुखीकरण तालिमको पाठ्यक्रमले समेटेको छ त्यो अक्षरशः पढाउन सकियो र पढ्नेले पनि ध्यान दिनुभयो भने यो पक्कै पनि प्रभावकारी हुनेछ । यसले विदेशमा जाने श्रमिकहरूलाई विभिन्न जोखिमबाट पनि बचाउँछ ।
जस्तो ट्राफिक नियमहरूको पनि कुरा पनि यही तालिममार्फत थाहा पाइन्छ । अनि, सम्बन्धित देशमा जाँदा त्यहाँको भाषा धर्म संस्कृतिलाई कसरी सम्मान गर्ने, सार्वजनिक स्थलहरूको कसरी प्रयोग गर्ने लगायतका एकदमै जीवन उपयोगी विषयहरू चाहिँ यहाँ सिकाइन्छ ।
वैदेशिक रोजगारीमा जान झोला बोकेर हिँडेपछि मात्र तालिम लिने नगरौँ । अभिमुखीकरण तालिम दिने व्यवसायीहरूको पनि आफ्नै खाले व्यवहारिक चुनौतीहरू छन् । तर सबैभन्दा ठुलो कुरा त जो वैदेशिक रोजगारीमा जानुहुन्छ उहाँ नै यो तालिम लिनका लागि जिम्मेवार हुन आवश्यक छ ।
यो तालिम भनेको जो वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ उहाँहरूकै लागि हो । मैले केही कुरा सिकेर, बुझेर जाँदा राम्रो हुन्छ भन्ने चाहिँ महसुस गर्नुभयो भने तपाईँलाई नै फाइदा हुन्छ ।
(प्रवासी नेपाली समन्वय समिति पीएनसीसीमा आवद्ध लामिछानेसँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।