एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
कालीकोट – नेपाल विद्युत प्राधिकरणले दुल्लु देखि कालीकोट मान्म सम्मको ३३ केभी प्रसारण लाइनको परीक्षण कार्य सुरु गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणकोे कालिकोट सेवा केन्द्रले यही बैशाख २८ गतेदेखि दैलेखको दुल्लु, जब्बुकाँध, रामाघाट, पाल्ताडा, टुनिबगर, राकम, खिड्कीज्युला देखि कालीकोटको मान्म बजारसम्म गाडिएका पोलमा विद्युत प्रवाह परीक्षण गर्ने भएकाे हाे ।
याे समयमा यस क्षेत्रमा तानिएका तारहरुमा विद्युत प्रवाह हुने भएकाले पोल तथा तारहरु नजिक नजान र नछुन सर्वसाधारणलाई अनुरोध गरेको छ । नेपाल विद्युत प्राधिकरणकोे कालीकोट सेवा केन्द्रले शनिबार एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।
कालीकोटमा विद्युतको केन्द्रीय प्रसारण लाइन पुग्ने भएपछि स्थानीय खुशी देखिएका छन् । तत्कालीन उर्जामन्त्री हाल कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा ३३ केभी राष्ट्रिय प्रशारण लाइन जोड्ने निर्णय भएको थियो । राष्ट्रिय प्रसारण लाइन पुग्ने भएपछि कालीकोटको सदरमुकाम मान्म खाँडाचक्र नगरपालिकामा मिनि ग्रिड राख्ने गरी काम भइरहेको कालीकोट वितरण केन्द्र प्रमुख मेखराज जैसीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।