एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
कालीकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय कालीकोटमा सहुलियतको चामल लिनेको घुइँचो लागेको छ । सरकारले निषेधाज्ञा अवधिभरि चामलमा २० प्रतिशत छुट दिने घोषणा गरेपछि चामल लिनेको घुइँचो लागेको हो ।
एक महिना अघिदेखिको निषेधाज्ञाका कारण विपन्न नागरिकलाई जीविकोपार्जनमा समस्या भएपछि छुटमा चामल लिनेको सङ्ख्या बढेको छ । कम्पनीले एक हप्तादेखि प्रतिकिलो २० प्रतिशत छुट दिएर नुन र चामल बिक्री गर्न थालेको छ । सहुलियतको चामल लिन सदरमुकाम मान्मसहितका गाउँबाट मङ्गलवारसम्म तीन सय १३ कुइन्टल ३७ केजी चामल बिक्री भएको शाखा प्रमुख रामशरण लामिछानेले बताउनुभयो ।
‘कोरोना पीडित नागरिकलाई छुटले विशेष राहत भएको छ’, लामिछानेले भन्नुभयाे, ‘काम गर्न नपाएर मर्कामा परेका नागरिकले अहिले सहुलियतको चामल लिइरहेका छन् ।’ स्थानीय प्रशासनको सल्लाहमा सोमवारदेखि बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र चामल बिक्री गर्न थालिएको छ । खाद्यले प्रति परिवार एक जनालाई सम्बन्धित वडाको सिफारिस र नागरिकताको आधारमा २५ किलोको एक बोरा चामल दिने गरेको छ ।
सरकारले छुटको घोषणा गरेपछि चामल लिनेको सङ्ख्या बढेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो । कम्पनीले २० प्रतिशत छुट गर्नुअघि २५ किलोको अरुवा मोटा चामल प्रति बोरा एक हजार एक सय ८७ रुपैयाँमा बिक्री गरिरहेको थियो । अहिले नाै सय ५० रुपैयाँमा चामल बिक्री भइरहेको छ । त्यस्तै एक हजार पाँच सय पर्ने अरुवा मध्यम चामल एक हजार दुई सय, एक हजार ६ सय ५० पर्ने जिरा मसिनो चामल छुटपछि एक हजार तीन सय २० र यसअघि एक हजार चार सय ४० मा बिक्री हुने मकवानपुर चामल एक हजार इक सय ५२ रुपैयाँमा बिक्री भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।