नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – नेप्से परिसूचक मङ्गलवार (आज) ३ दशमलव ७२ अङ्कले घटेको छ । परिसूचक घटेर ३ हजार २२ दशमलव १० अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
आज होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, म्युचल फन्ड र लगानी समूहबाहेक अरू समूहको परिसूचक घटेकाे छ । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक ४ दशमलव ४२ अर्थात् दुई सय २२ दशमलव ८९ अङ्कले घटेको छ ।
यस्तै आज १६ अर्ब ५२ करोड रुपैयाँ बराबरकाे तीन करोडभन्दा धेरै कित्ता शेयर किनबेच भएको छ । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै ७६ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।
आज सीईडीसी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य झन्डै १० प्रतिशतले बढेको छ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य भने साढे ७ प्रतिशतले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।