नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से मङ्गलवार (आज) पनि सामान्य घटेको छ । हिजो ५२ अङ्कभन्दा धेरैले घटेको नेप्से परिसूचक आज पनि १ दशमलव २९ अङ्कले घटेर दुई हजार नाै सय ६८ दशमलव ४३ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेसँगै शेयर बजारमा कारोबार ह्वात्तै घट्न थालेको छ । आज नेप्से परिसूचक मात्रै नभइ कारोबार रकम पनि घटेको छ । आज १० अर्ब ९० कराेड रुपैयाँ बराबरका दुई करोड तीन लाख ७५ हजार कित्ता शेयर किनबेच भएको छ । हिजो १५ अर्ब ४५ करोड रुपैयाँ बराबरकाे दुई करोड ८२ लाख कित्ता शेयर कारोबार भएको थियो ।
आज नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै ७७ करोड ३७ लाख रुपैयाँ बराबरकाे शेयर कारोबार भएको छ । यस्तै नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको ३० करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।
बजार घटे पनि खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ७ दशमलव ४२ प्रतिशतले बढेको छ । सीएचडीसी कम्पनीकाे शेयर मूल्य भने साढे ६ प्रतिशतले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।