धितोपत्र बोर्डले 'जोखिमयुक्त कम्पनी' काे सूची सार्वजनिक गरेयता नेप्से झन्डै दुई सय अङ्कले घट्यो

 असार ७, २०७८ सोमबार १६:३४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजार काराेबार मापक नेप्से परिसूचक साेमवार (आज) पनि घटेको छ । आज परिसूचक ७१ दशमलव ०६ अङ्कले घटेर दुई हजार आठ सय ३४ दशमलव ४० अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

आज कारोबार हुने सबै समूहको परिसूचक घटेकाे छ । आज फाइनान्स समूह ५ दशमलव १८ प्रतिशत अर्थात् एक सय १२० दशमलव २२ अङ्क, निर्जीवन बीमा समूह २ दशमलव ८९ प्रतिशत अर्थात् चार सय २९ दशमलव ६३ अङ्क र जीवन बीमा समूहको परिसूचक २ दशमलव ५१ प्रतिशत अर्थात् चार सय ५१ दशमलव ११ अङ्कले घटेकाे छ ।

धितोपत्र बोर्डले गएको मङ्गलवार जोखिमयुक्त कम्पनीको सूची सार्वजनिक गरेसँगै धितोपत्र बजार ओरालो लाग्न थालेको हो । बोर्डले सूचना प्रकाशित गरेको दिनदेखि यता नेप्से परिसूचक झन्डै दुई सय अङ्कले घटेको छ । गएकाे मङ्गलवार तीन हजार २२ अङ्कमा रहेको नेप्से आज दुई हजार आठ सय बिन्दुमा आइपुगेको हो ।

यस्तै दैनिक कारोबार रकम पनि घट्ने क्रममा रहेको छ । आज ११ अर्ब ६१ करोड ९० लाख रुपैयाँ बराबरका दुई करोड २५ लाख २२ हजार कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको एक अर्ब ३० करोड ६१ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।

बजार घटेको दिन आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य झन्डै १० प्रतिशतले बढेको छ । पोखरा फाइनान्स लिमिटेड र युनिभर्सल पावर कम्पनी लिमिटेडको शेयर मूल्य भने नाै प्रतिशतभन्दा धेरैले घटेको छ । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया