नेप्से १९ अङ्कले बढ्यो, ६ अर्ब ७० करोड रुपैयाँको कारोबार

 असार १७, २०७८ बिहीबार १५:१७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्ला केही दिन लगातार घटेको शेयर बजार परिसूचक नेप्से बिहीवार (आज) सामान्य बढेको छ । नेप्से आज १९ दशमलव १२ अङ्कले बढेर दुई हजार आठ सय ४३ विन्दुमा पुगेको छ ।

आज निर्जीवन बीमाबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । बैंकिङ समूहको शेयर तीन अङ्कले, विकास बैंकको एक सय ५२ अङ्कले, व्यापारको १९, होटल समूहको एक सय ३८ र जलविद्युत् समूहको शेयर २१ अङ्कले बढेको छ । यस्तै फाइनान्स समूहको शेयर ६३ अङ्कले, माइक्रो फाइनान्स र उत्पादनको दुई/दुई अङ्कले, अन्यको ३७, जीवन बीमा समूहको ७४ र लगानी समूहको शेयर एक सय सात अङ्कले बढेको छ ।

आज दुई सय २४ कम्पनीका तीन करोड २८ लाख कित्ता शेयर ६ अर्ब ७० करोड रुपैयाँमा काराेबार भएका छन् । सबैभन्दा धेरै नेकाे इन्स्योरेन्स कम्पनीको ३० करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भएको  छ ।

आज ओरियन्टल होटल, गुडविल फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि आज कुमारी इक्विटी फन्डकाे शेयर साढे तीन प्रतिशतले घटेको छ ।   

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया