बालबालिकालाई खोप उपलब्ध गराउन सरकार पूर्ण प्रयासरत छ : प्रधानमन्त्री देउवा

 भदौ २८, २०७८ सोमबार २०:२७:२८ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार पूर्ण प्रयासरत रहेको उल्लेख गर्नुभएको छ ।

५७ औँ राष्ट्रिय बाल दिवसको अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली बालबालिका एवम् अभिभावकहरूमा शुभकामना व्यक्त गर्दै उहाँले कोभिड–१९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शय्याकाे व्यवस्था गरिएको बताउनुभयो ।

कोभिड–१९ को नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयमा थप प्रयास गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा आत्मसात् गरेको छ ।

संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण तथा उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको तथा

बालबालिकासम्बन्धी ऐन कानुनको तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको उहाँले उल्लेख गर्नुभएको छ । नेपालले बाल अधिकार महासन्धिको पक्ष देश भएको ३० पनि वर्ष पूरा भइसकेको छ । 
सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एवम् राष्ट्रिय बाल अधिकार परिषदमार्फत बालबालिकाको हक अधिकार संरक्षण तथा सम्वर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रदेश सरकार तथा पालिकाले बाल अधिकार संरक्षण तथा सम्वर्द्धनका कार्यहरूलाई प्राथमिकताका साथ लागू गरिरहेका छन् । 

प्रधानमन्त्री देउवाले बालबालिकाको अधिकार संरक्षण गर्दै बालमैत्री देश निर्माणका लागि प्रत्येक घरपरिवार बालमैत्री हुन जरुरी रहेको उल्लेख गर्दै समुदाय, सरकार तथा विद्यालय र स्वास्थ्य सेवा पनि बालमैत्री हुन आवश्यक रहेको बताउनुभएको छ । बाल अधिकार संरक्षण तथा संवर्द्धन गर्नु सबैको साझा जिम्मेवारी भएको बताउँदै उहाँले राष्ट्रिय बाल दिवस २०७८ को अवसरमा सम्पूर्ण अभिभावक, सेवा प्रदायक व्यक्ति तथा निकायहरूलाई बालबालिकाको सर्वाङ्गीण विकासमा जिम्मेवार हुन पनि अनुरोध गर्नुभएको छ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया