नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
्परम्परागत शैली र मनाउने तरिकाले गर्दा पनि दशैँमा पैसाको काराेबार बढी मात्रामा हुने गरेको छ ।
टीकाटालो, नयाँ लुगा, घर सजाउने जस्ता कुराहरुमा हामीले धेरै खर्च गर्ने गरेका छौँ । तर हामीले हाम्रो आम्दानी हेरेर खर्च गर्नुपर्ने हुन्छ । फजुल खर्च नहुने गरी दशैँमा खर्च गर्ने गर्नुपर्छ । दशैँमा बच्चाहरुलाई खुशी पार्न उनीहरुले मागे अनुसारका कुराहरु दिनुपर्ने हुन्छ । यस्ता कुराहरुमा पैसाको बचत भन्दा पनि व्यावहारिक भएर हेर्नुपर्ने हुन्छ । त्यसकारण परिस्थिति अनुसार आफ्नाे बजेटको क्षमता अनुसार खर्च गर्नुपर्ने हुन्छ ।
हामीले हाम्रो क्षमता भन्दा बढी खर्च गर्छौँ भने त्यसले लामो समयसम्म समस्या सिर्जना गर्दछ । संस्कृति जोगाउँदै परम्परागत तरिकाले खर्च गर्नु पर्ने ठाउँमा खर्च गर्नु पनि पर्दछ ।
आवश्यक कुरामा मात्र खर्च
आफ्ना नातागोताहरुमा खर्च गर्ने कुरामा हामीले नजरअन्दाज गर्नु हुँदैन । नयाँ लुगा किन्ने, मिठो खाने जस्ता कुराहरुमा खर्च नगर्न पनि सकिँदैन दशैँमा । यी सबै कुराहरुमा खर्च गरिरहँदा आफ्नाे क्षमता अनुसार खर्च गर्नु पर्दछ । कस्ता कुरामा खर्च नगर्ने, खर्च गर्नु पर्यो भने खर्च कसरी कम गर्ने भन्ने कुराको पनि ख्याल राख्नु पर्ने हुन्छ ।
हामीले हाम्रो संस्कृति जोगाउँदै अघि बढ्नु पर्छ । यसको लागि एउटा योजना बनाएर आफ्नाे मन र काममा लागू गर्न सके खर्च कम गर्न सकिन्छ ।
डिजिटल माध्यमको सीमित प्रयोग
पछिल्लो समय डिजिटल माध्यमको धेरै प्रयोग हुने गरेको छ । जसले गर्दा मुख्य सहरी क्षेत्रहरुमा काम गर्न धेरै सजिलो भएको छ । खल्तीमा पैसा बोकेर हिँड्न असुरक्षित र असहज हुुने गरेको छ । जसले गर्दा नयाँ पुस्ताहरु क्यासलेस समाजलाई मन पराउने र डिजिटल प्रविधिको प्रयोग गर्न रुचाउने भएका छन् ।
डिजिटल प्रविधिको प्रयोगले जुनसुकै कारोबार, व्यापार व्यवसाय र आफ्ना दैनिकीमा हुने सबै प्रकारका काम सहज ढङ्गले हुने गरेका छन् । बैंकिङ्ग प्रणालीमा डिजिटल प्रविधिको प्रयोग धेरै नै अघि बढिसकेको छ । त्यसकारण अबका दिनहरुमा हामीले डिजिटल प्रणालीबाट बैंकिङ्ग कारोबार गर्नुपर्छ ।
हामीसँग खल्तीमा नगद पैसा नहुँदा, आफूसँग पैसै नभएको जस्तो महसुस हुने गर्दछ । तर आफूसँग एटीएम कार्ड छ भने जति बेला चाह्यो त्यति बेला पैसा निकाल्न सक्छौँ । तर, किनमेल गर्दा पैसाको बचत डिजिटल माध्यममा कम हुने गर्दछ । जति खर्च भए पनि आफूसँग पैसा छ भन्ने मानसिकता हुने भएकाले खर्च गर्दा एकदम ध्यान दिएर खर्च गर्नुपर्ने हुन्छ । अनलाइन कारोबार गर्दा आफूले प्रयोग गर्ने अनलाइन प्रणालीको बारेमा राम्रोसँग जानकारी लिनु पर्ने हुन्छ ।
अनलाइनबाट धेरै प्रकारका कारोबार हुने गरेका छन् । यसकारण यसको प्रयोग गर्दा कस्ता कम्पनीबाट सामान किनमेल गर्ने, त्यहाँ भएका सामानको गुणस्तर कस्तो छ र त्यसको मूल्य कति छ भन्ने कुराहरुमा ध्यान दिनु पर्ने हुन्छ । यस्ता कुराहरुमा आफू विश्वस्त भएर मात्र कारोबार गर्नु पर्ने हुन्छ ।
अनलाइन कारोबार गर्ने सामग्री बोकेर हिँड्दा नगद बोकेर हिँडे जस्तो असुरक्षित होइँदैन । कहिलेकाहीँ कार्ड हराउने वा अन्य कुनै समस्या ने हुन सक्छ ।
कार्ड हराउँदा बैंकमा जानकारी दिनुपर्छ
त्यसो हुँदा आफूले कारोबार गर्ने बैंकमा सम्पर्क गरेर आफ्नाे समस्या टिपाउनु पर्छ ।
हराएको कार्डको कारोबार बैंकले बन्द गर्छ । त्यसपछि अन्य माध्यमबाट पुनः कारोबार गर्न सकिन्छ । त्यसकारण नगद बोक्दा जस्तो यो असुरक्षित हुँदैन । तर, आफ्नाे सामान हराए, चोरी भए चुप लागेर बस्नु हुँदैन । त्यसो भयो भने आफ्नाे खाताको दुरुपयोग हुने सम्भावना बढ्न सक्छ ।
त्यसै गरी आफ्नाे पासवर्ड गोप्य राख्नु पर्दछ र एउटै पासवर्ड लामो समय सम्म राख्नु हुँदैन । अनलाइन कारोबार गर्दा यस्ता सुरक्षाका कुराहरुलाई ध्यान दिनु पर्ने हुन्छ ।
खामको प्रयोग
दशैँमा टीका लगाएपछि दक्षिणा स्वरुप नयाँ नोट दिने प्रचलन छ । त्यसको लागि अनलाइन पैसा पठाउने भन्ने कुरा त्यति व्यावहारिक हुँदैन । दशैँमा टीकाटालो गरिसकेपछि दक्षिणा दिन र अन्य पूजाआजाका काममा नयाँ नोट प्रयोग गर्ने हिसाबले वितरण गरिन्छ ।
पैसाको जतन गर्न यसलाई दशैँको टीकापछि खाममा हालेर दक्षिणा दिँदा रङ्ग लाग्ने सम्भावना कम हुन्छ । पूजाआजा गर्दा हामीले एकदम ख्याल राख्नु पर्ने हुन्छ । रङ्ग र पानीबाट यसलाई जोगाउनु पर्ने हुन्छ । त्यसैले खाममा राखेर पैसा दिँदा एकदम सुरक्षित हुने गर्दछ । तर बच्चाहरुलाई भने यो तरिका त्यति प्रभावकारी हुन सक्दैन ।
खर्चको हिसाब राख्ने
दशैँमा हुने हरेक खर्चको हिसाब राख्ने गर्नु पर्दछ । हिसाब राख्ने बानी भएन भने पैसा कमाउनुको कुनै अर्थ रहँदैन । आफूले जति सकिन्छ त्यति बचत गर्नुपर्छ । बचत भयो भने मात्र भोलि प्रयोग गर्न सकिन्छ । हामीले पैसा खर्च गर्छौँ तर खर्च भइरहँदा अर्को मानिसले जम्मा गरिरहेको हुन्छ ।
हामीले सामान किन्दा हाम्रो खर्च हुन्छ तर पसलमा पैसा जम्मा हुने भयो । यो लिने र दिने दोहोरो चलन पनि हो । दशैँमा पाएको दक्षिणालाई हामीले परिश्रम गरेर पाएको पैसाको रुपले सोच्दैनौँ । यस्ता सोचमा हामीले परिवर्तन ल्याउनु जरुरी छ ।
बचत गर्ने बानी
पैसा जसरी आए पनि त्यसको बचत गर्ने बानी बसाल्नु पर्छ । बचत नभए खर्च गर्ने कुरा पनि हुँदैन । त्यसैले बचत गर्ने बानी बसालौँ र बच्चाहरुमा पनि यस्ता बानीको विकास गराउन सहयोग गरौँ । भोलिका दिनहरुमा यो बानीको रुपमा विकास हुँदै जानेछ ।
बचत गर्दा जुन पायो त्यही बचत संस्थाहरुमा पैसा जम्मा गर्नु पनि हुँदैन। नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त बैंकहरुमा नै पैसा बचत गर्नु पर्छ । पैसा जम्मा गरिसकेपछि ब्याजको पनि चासो लाग्ने गर्दछ । लामो समयसम्म प्रयोग नहुने पैसा हो भने मुद्दती निक्षेपमा बढी ब्याजमा जम्मा गर्न सकिन्छ ।
यदि बीच बीचमा प्रयोग गर्नुपर्ने पैसा हो भने ब्याज खातामा जम्मा गर्न सकिन्छ । जसमा बच्चा, महिला, वृद्धहरुमा लागि विभिन्न विशेष खाताहरुको व्यवस्था हुने गरेका छन् । पैसा जम्मा गर्दा पैसाको उपयोग हुने प्रकृतिलाई ध्यानमा राखेर बचत गर्नु पर्ने हुन्छ ।
त्यसैले बैंकबाट पाउन सकिने सेवाहरु बारे जानकारी लिनु पर्दछ । कुन कुन बैंकको ब्याजदर कति छ, कुन बैंक राम्रो वा नराम्रो भन्ने कुराहरुको बारेमा जानकारी लिनु पर्छ । यी सबै कुराहरु डिजिटल माध्यमबाट नै थाहा पाउन सकिन्छ । यस्ता सेवाहरुबारे घरमै बसेर टेलिफोनबाट पनि थाहा पाउन सकिन्छ । त्यसैले आफ्नाे पैसालाई बढी भन्दा बढी प्रतिफल आउने गरी र बढी भन्दा बढी सदुपयोग हुने गरी चलाउनु पर्छ ।
खर्चको जानकारी
आफूले बढी खर्च गरेको थाहा पाउनु नै सबैभन्दा ठूलो कुरा हो । बढी खर्च भएका विषयहरुमा के-के छन् भन्ने कुरा थाहा पाउनु पर्यो । त्यो कुरा थाहा पाएपछि अर्को पटक बजेट बनाउँदा ध्यान दिनु पर्छ । अर्को कुरा के भने आफूले गर्ने फजुल खर्चहरुमा पनि एकदम ध्यान दिनु पर्ने हुन्छ ।
हामीले पैसा कमाउन विभिन्न पेसा व्यवसाय गर्ने गरेका हुन्छौँ । पेसा व्यवसाय गर्दा अल्छी हुनु हुँदैन । पेसामा आफूले रोजेको क्षेत्र नपाउन पनि सकिन्छ । तर, हामीले सुरुवात गर्नको लागि केही न केही त गर्नै पर्ने हुन्छ । केही नगरि आम्दानी हुँदैन, आम्दानी नभए बचत हुँदैन ।
(राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठसँगकाे कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
किरणकुमार श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकका सीईओ हुनुहुन्छ ।