परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
यूएई – यूएईबाट वैधानिक रूपमा नेपाल पैसा पठाउँदा १ केजी सुन र १० वटा कार उपहार पाउने अवसर पाइने भएको छ ।
अल अहलिया एक्सचेन्जले अघिल्ला वर्षहरूमा जस्तै जस्तो यस वर्ष पनि ‘विन्टर योजना’ ल्याएर वैधानिक हिसाबले घरमा पैसा पठाउने ग्राहकलाई यस्तो अवसर प्रदान गरेको हो ।
यो योजना अन्तर्गत नेपालसहित कुनै पनि देशमा पैसा पठाउँदा सेवाग्राही स्वतः उपहारको भागीदार बन्ने एक्सचेन्जले जनाएको छ ।
यो योजना अन्तर्गत अक्टोबर १५ तारिखदेखि फेब्रुअरी ११ तारिखसम्म एक्स्चेञ्जको कुनै पनि शाखाबाट पैसा पठाउने मध्येबाट गोला प्रथा गरी विजेता छनौट गर्ने एक्सचेन्जले जनाएको छ । यो अवधिमा अल अहलिया एक्सचेन्ज मार्फत पैसा पठाउने ग्राहक छनोटमा पर्नेछन् ।
यूएईको स्थानीय प्रशासनका उच्च अधिकारीले डिजिटल प्रविधि मार्फत गोला प्रथा गरेर विजेता घोषणा गर्नेछन् । पहिलो गोला प्रथा फेब्रुअरी १४ मा आबुधावीमा, दुबईमा र शारजहामा रहेका शाखाहरूमा हुने छ ।
आबुधावीमा ४ वटा कार, दुबईमा ३ वटा र अन्य शाखाहरूमा ३ वटा गरी जम्मा १० वटा कार उपहार योजनामा राखिएको छ ।
त्यस्तै मेघा पुरस्कार अन्तर्गत १ किलो सुनको विजेता घोषणा दुबईको अलकुज शाखामा आउँदो फेब्रुअरी १५ तारिखमा सार्वजनिक गरिने एक्सचेन्जका नेपाल प्रमुख बेनी माधव ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।
अल अहलिया एक्सचेन्जले गएको १० वर्षदेखि आफ्ना ग्राहक लक्षित विभिन्न योजना सार्वजनिक गर्दै आएको छ । कोरोना सङ्क्रमणका कारण गएको दुई वर्ष अफर ल्याउन नसकिएको एक्सचेन्जका बजार प्रमुख सन्तोष नाएरले बताउनुभयो ।
वैदेशिक रोजगारीमा कमाएको रकमलाई सुरक्षित र वैधानिक तरिकाले स्वदेशमा पठाउन यहाँ कार्यरत नेपालीलाई प्रेरित गर्ने उद्देश्यले विभिन्न योजना ल्याउने ल्याएको एक्सचेन्जका जनरल म्यानेजर कमल सुब्बाको भनाइ छ ।
यसअघिका योजनामा धेरै जना नेपालीले उपहार जितेको भन्दै यस योजनामा पनि सहभागी हुन उहाँले आग्रह गर्नुभएको छ ।
यही एक्सचेन्ज मार्फत पैसा पठाउँदा सन् २०१८ को यस्तै योजनामा इलामका नरेन्द्र मगर र सन् २०१९ को योजनामा श्रिजङगा ४ ताप्लेजुङका यमनाथ भट्टराइले १ किलो सुन उपहार पाउनु भएको थियो ।
सन् १९९६ देखि यूएईमा सेवा सुरु गरेको एक्सचेन्जले विभिन्न राज्यमा ३० वटा शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । अहलिया एक्सचेन्ज यूएईबाट नेपालमा धेरै रेमिट्यान्स गर्ने कम्पनी हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।
Kamal chhetri
Nov. 1, 2021, 1:17 p.m.महिले पनि त्यहि बात पठाउने गरेको छु आशा छ हामी गरीब को पनि किस्मत चम्किन्छ की